अल्लोबाट उत्पादित कपडाको सिलाई बुनाई तालिम सम्पन्न



ताप्लेजुङ । अल्लोबाट उत्पादित कपडाको सिलाई बुनाई तालिम सम्पन्न भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुमा गत मंसिर १२ गतेबाट सुरु भएको ६० दिने तालिम सम्पन्न भएको हो ।

स्थानीय स्तरमै पाइने कच्चा पदार्थलाई प्रबर्द्धन गर्ने र महिलाहरूको सीप विकास सँगै स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको फुङलिङ नगरपालिका वडा नं. १० का अध्यक्ष सन्तोष लिम्बूले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय, रेड पाण्डा नेटवर्क, हिमाली संरक्षण मञ्च र वडा कार्यालयको संयुक्त पहलमा सुरु गरिएको तालिमको समापन गरिएका छ ।

तालिममार्फत १६ जना महिलालाई दक्ष बनाइएको बताइएको छ । स्थानीय स्तरमा पाइने सामाग्री अल्लो, भाङ्ग्रे सिस्नु, लोक्ता लगायतलाई सङ्कलन गरि प्रशोधन गरेर सामाग्री तयार पार्ने गरि सक्षम भएको प्रशिक्षार्थीले बताएका छन् । तालिममार्फत विभिन्न १३ किसिमका झोला (ब्याग) तयार पारि बिक्री गर्न समेत सफल भएको प्रशिक्षार्थीको भनाइ छ । आफूले उत्पादन गरेका सामाग्रीको बजारीकरण भएमा भावी दिनमा यसै क्षेत्रमार्फत गुजारा चलाउन सकिने सम्भावना बढेको प्रशिक्षार्थीले बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रशिक्षार्थी रुपा लिम्बूले तालिम अत्यन्तै प्रभावकारी भएको र भावी दिनमा थप अन्य किसिमका तालिमको अपेक्षा गरेको बताउनुभयो । यस्तै वडाअध्यक्ष सन्तोष लिम्बूले प्रशिक्षार्थीले उत्पादन गरेका सामाग्रीको बजारीकरणका लागि पहल थाल्ने बताउनुभयो । उहाँका अनुसार प्रशिक्षार्थीले उत्पादन गरेका झोलाहरू वडाका सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गर्ने गरि बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्ष्मी सुहाङ, १० नं. वडा कार्यालयका अध्यक्ष लिम्बू, वडा सदस्यद्वय पम्फा दमाईं, प्रेम लिम्बू, हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई, वडा सचिव सचिन रेग्मी, प्रशिक्षक विष्णु श्रेष्ठ, प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम हिमाली संरक्षण मञ्चको अध्यक्ष चन्द्रमणि लिम्बूको अध्यक्षमा समापन भएको हो ।

प्रकाशित मिति : 11:28 am

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी