ताप्लेजुङमा जबरजस्ती करणी उद्योगको अभियोगमा एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा जबरजस्ती करणी उद्योगको अभियोगमा एक जना पक्राउ परेका छन् । ५१ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा फुङलिङ नगरपालिकाका ४३ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

आरोपित पुरुषले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी उद्योग गरेको भन्दै पीडित महिलाले बुधबार जाहेरी दिएको आधारमा युवकलाई पक्राउ गरेको प्रहरी निरीक्षक रोहित कुमार शर्मा बढईले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपित पुरुषलाई बुधबार नै फुङलिङ नगरपालिकाबाट पक्राउ गरिएको हो ।

आरोपित पुरुषलाई बुधबार जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 8:02 pm

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम