कञ्चनजङ्घा महोत्सवमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने



ताप्लेजुङ । कञ्चनजङ्घा महोत्सव २०८२ को अवसरमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विश्वको तेस्रो र नेपालको दोस्रो हिमशिखर कञ्चनजङ्घा हिमाल सफल आरोहण भएको ७०औं वर्ष पुगेको अवसरमा हुने उक्त महोत्सवमा भलिबल प्रतियोगिता हुने भएको हो ।

बुधबार ताप्लेजुङको फुङलिङमा रहेको पत्रकार महासङ्घको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पालिका स्तरीय भलिबल प्रतियोगिता आगामी बैशाख तीन गतेदेखि सात गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । भलिबल प्रतियोगितामा जिल्ला बाहिरका एक टिम गरी जम्मा आठ टिमको सहभागिता रहने खेल संयोजक सन्तोष लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सिदिङवा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, पाथिभरा याङवरक गाउँपालिका, मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र पाँचथरको याङवरक गाउँपालिकाले सहभागिता जनाउँने छन् । प्रतियोगिताको विजेताले दुई लाख आठ हजार ५८६ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै दोस्रो हुनेले नगद एक लाख आठ हजार ५८६ रुपियाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद दुई हजार पाँच सय रुपियाँ प्राप्त गर्ने बताइएको छ । साथै वेस्ट डिफेन्डर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट सर्भर र बेस्ट क्विकरका लागि नगद तीन हजार पाँच सयको दरले उपलब्ध गराइने छ भने सर्वोत्कृष्ट खेलाडीका लागि नगद पाँच हजार रुपियाँको व्यवस्था गरिएको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आयोजनामा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लेलेपमा महोत्सवको सञ्चालन हुँदै छ । महोत्सवको बारेमा यस अघि नै पत्रकार सम्मेलनमार्फत जानकारी गराई सकिएको छ ।

प्रकाशित मिति : 4:23 pm

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई