कञ्चनजङ्घा महोत्सवमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने



ताप्लेजुङ । कञ्चनजङ्घा महोत्सव २०८२ को अवसरमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विश्वको तेस्रो र नेपालको दोस्रो हिमशिखर कञ्चनजङ्घा हिमाल सफल आरोहण भएको ७०औं वर्ष पुगेको अवसरमा हुने उक्त महोत्सवमा भलिबल प्रतियोगिता हुने भएको हो ।

बुधबार ताप्लेजुङको फुङलिङमा रहेको पत्रकार महासङ्घको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पालिका स्तरीय भलिबल प्रतियोगिता आगामी बैशाख तीन गतेदेखि सात गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । भलिबल प्रतियोगितामा जिल्ला बाहिरका एक टिम गरी जम्मा आठ टिमको सहभागिता रहने खेल संयोजक सन्तोष लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सिदिङवा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, पाथिभरा याङवरक गाउँपालिका, मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र पाँचथरको याङवरक गाउँपालिकाले सहभागिता जनाउँने छन् । प्रतियोगिताको विजेताले दुई लाख आठ हजार ५८६ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै दोस्रो हुनेले नगद एक लाख आठ हजार ५८६ रुपियाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद दुई हजार पाँच सय रुपियाँ प्राप्त गर्ने बताइएको छ । साथै वेस्ट डिफेन्डर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट सर्भर र बेस्ट क्विकरका लागि नगद तीन हजार पाँच सयको दरले उपलब्ध गराइने छ भने सर्वोत्कृष्ट खेलाडीका लागि नगद पाँच हजार रुपियाँको व्यवस्था गरिएको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आयोजनामा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लेलेपमा महोत्सवको सञ्चालन हुँदै छ । महोत्सवको बारेमा यस अघि नै पत्रकार सम्मेलनमार्फत जानकारी गराई सकिएको छ ।

प्रकाशित मिति : 4:23 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले