ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा



ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका साथ पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाको पाँच वटै वडालाई पूर्ण खोप वडा घोषणा गरिए सँगै गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले बताउनुभयो । उहाँका अनुसार पालिकाको वडा नं. एक, दुई र पाँचलाई गत चैत १३ गते पूर्ण खोप वडा घोषणा गरिएको थियो।

यस्तै वडा नं. तीन लाई चैत १४ गते र वडा नं. ४ लाई चैत १२ गते पूर्ण खोप वडा घोषणा गरिएको थियो । पाँच वडा भएको गाउँपालिकाले पूर्ण खोप पालिकाको घोषणा कार्यक्रममार्फत वडा र विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । पालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने अभियानको भूमिका निर्वाह गर्ने पाँच वटै वडालाई सम्मान गरिएको छ ।

यो सँगै सम्बन्धित स्वास्थ्य संस्था, प्रत्येक वडाका एक एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र एक जना खोप स्वास्थ्य कार्यकर्तालाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष पोमूको अध्यक्षतामा सम्पन्न भएको पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ता कुमारी आङबुहाङ, जनस्वास्थ्य प्रमुख कुल बहादुर पौडेल लगायतको उपस्थित रहेको थियो ।

एउटा नगरपालिका र आठ वटा गाउँपालिका भएको ताप्लेजुङको सिदिङ्वा गाउँपालिका यस अघि नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइ सकेको छ । यो सँगै ताप्लेजुङका दुई वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको हो ।

प्रकाशित मिति : 6:40 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज