ताप्लेजुङका तीन गाउँपालिकाले जनाए मिलेर अघि बढ्ने प्रतिवद्धता



ताप्लेजुङ । अब ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहमति र सहकार्यका आधारमा मिलेर अघि बढ्ने भएका छन् । मेरिङ्देन गाउँपालिका, मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिका सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने भएका हुन् ।

आज मेरिङदेन गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी तीन गाउँपालिकाले समृद्धि र विकससँग जोडिएको जैविक विविधता स्थानीय उत्पादन र उक्त क्षेत्रका ऐतिहासिक धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा संवर्द्धन गर्दै पर्यापर्यटनको विकास गर्न एक आपसमा मिलेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका तीन पालिकाहरूले चालु आर्थिक वर्ष देखि सञ्चालनमा रहेको नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौता अनुसार कोशी प्रदेशको पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा समेटिनु पर्ने आफ्नो पालिकाहरू नसमेटिएको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।

उक्त परियोजना निर्माण गर्दा हालको लालीगुराँस पदमार्ग देखि जलजले-तिन पोखरी सोदुपोखरी तोक्पेगोल(ओलाङचुङगोला सम्म कायम गर्न माग समेत गरेका छन् । लालीगुराँस पदमार्गमा तुम्लिङटार खादवारी-नुम-गुफापोखरी-बसन्तपुर-जलजले-तिनजुरे (मिल्के) पर्दछ । यो पदमार्गको परियोजनाले ताप्लेजुङको मैवाखोला गाउँपालिका मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकालाई समेत समेट्ने बताइएको छ ।

साथै कोशी प्रदेशले निर्माण गरेको दोस्रो आवधिक योजनामा प्रदेशका विभिन्न १९ वटा रूपान्तरणकारी कार्यक्रमहरु छनोट गर्दा जैविक विविधता र प्राकृतिको प्रचुर सम्भावना भएको जिल्ला ताप्लेजुङलाई नसमेटिएकोमा पनि ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : 6:44 pm

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान