पाथिभरा याङवरक गाउँपालिकामा महिला लक्षित दुई कार्यक्रम सञ्चालन



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा महिला लक्षित दुई वटा कार्यक्रम सञ्चालन भइरहेको छ । गाउँपालिकामा तीन महिने महिला लक्षित सिलाई कटाई आधारभुत तालीम र एक महिने उनिको झोला बुन्ने तालिम सञ्चालन भएको हो ।  

गत चैत एक गतेबाट सुरु भएको तीन महिने सिलाई कटाई सम्बन्धी आधारभुत तालिम आगामी असार एक गतेसम्म सञ्चालन हुने पाथिभरा गाउँपालिका अध्यक्ष केशर सुब्बाले बताउँनुभयो । उहाँका अनुसार ११ जना महिलाहरूले अहिले तालिम लिइरहेका छन् ।

यस्तै चैत १२ गतेबाट सुरु भएको एक महिने उनिको झोला बुन्ने तालिममा १२ जना महिलाहरूको सहभागिता रहेको छ । महिलाहरूलाई स्वरोजगार बनाउने लक्ष्यका साथ उक्त तालिम सञ्चलन गरिएको गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बताउँनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गरेको उक्त तालिमले महिलाहरूको सीप विकासको क्षमता सँगै आय आर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ । 

उक्त दुई वटै कार्यक्रमको उद्‌घाटन गाउपालिका उपाध्यक्ष रनमाया गुरुङले गर्नु भएको हो । 

प्रकाशित मिति : 11:31 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन