पाथिभरा याङवरक गाउँपालिकामा महिला लक्षित दुई कार्यक्रम सञ्चालन



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा महिला लक्षित दुई वटा कार्यक्रम सञ्चालन भइरहेको छ । गाउँपालिकामा तीन महिने महिला लक्षित सिलाई कटाई आधारभुत तालीम र एक महिने उनिको झोला बुन्ने तालिम सञ्चालन भएको हो ।  

गत चैत एक गतेबाट सुरु भएको तीन महिने सिलाई कटाई सम्बन्धी आधारभुत तालिम आगामी असार एक गतेसम्म सञ्चालन हुने पाथिभरा गाउँपालिका अध्यक्ष केशर सुब्बाले बताउँनुभयो । उहाँका अनुसार ११ जना महिलाहरूले अहिले तालिम लिइरहेका छन् ।

यस्तै चैत १२ गतेबाट सुरु भएको एक महिने उनिको झोला बुन्ने तालिममा १२ जना महिलाहरूको सहभागिता रहेको छ । महिलाहरूलाई स्वरोजगार बनाउने लक्ष्यका साथ उक्त तालिम सञ्चलन गरिएको गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बताउँनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गरेको उक्त तालिमले महिलाहरूको सीप विकासको क्षमता सँगै आय आर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ । 

उक्त दुई वटै कार्यक्रमको उद्‌घाटन गाउपालिका उपाध्यक्ष रनमाया गुरुङले गर्नु भएको हो । 

प्रकाशित मिति : 11:31 am

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी