१६औं राष्ट्रिय बिभूति फाल्गुनन्दको स्मृति दिवसको दिन ताप्लेजुङमा १०८ दीप प्रज्वलन



ताप्लेजुङ। नेपालको १६औं राष्ट्रिय बिभूति फाल्गुनन्द लिङ्देनको स्मृति दिवसको दिन ताप्लेजुङको फुङलिङ बजारमा १०८ दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय बिभूति फाल्गुनन्दको ७७औं स्मृति दिवसको दिन तोक्मेमा रहेको फाल्गुनन्दको सालिकमा उक्त दीप प्रज्वलन गरिएको हो । 

किरात धर्म तथा साहित्य उत्थान सङ्घ जिल्ला ताप्लेजुङले फाल्गुनन्दको स्मृति दिवसको दिन शान्ति मानव एकता तथा सकल प्राणी रक्षाका लागि उक्त दीप प्रज्वलन गरिएको जनाएको छ ।  फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते इलाम चारखोलाको चुक्चिनाम्बामा भएको थियो । उहाँलाई किरात समुदायमा ’महागुरु फाल्गुनन्द’ का नामबाट चिनिन्छन् । समाज सुधारका रुपमा अपरिचत फाल्गुनन्दको निधन २००५ चैत २२ गते भएको थियो । 

लिङदेनलाई  नेपाल सरकारले २०६६ साल मंसिर १६ गते  १६ औ राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको हो । नेपाल सरकारले उनको  स्मरणमा २०५० सालमा हुलाक टिकट प्रकाशनमा ल्याएर  सम्मान  गरेको छ । 

प्रकाशित मिति : 8:14 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका