करिब एक महिनादेखि बन्द रहेको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत उत्पादन सुरु



ताप्लेजुङ। करिब एक महिनादेखि बन्द रहेको जिल्लाकै ठुलो हाइड्रोपावरको विद्युत उत्पादन सुरु भएको छ । गत फागुन २८ गतेबाट उत्पादन ठप्प भएको सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको विद्युत गएराति ९शुक्रबार राति० १ बजेदेखि उत्पादन सुरु भएको हो ।

७३ मेगावट क्षमताको हाइड्रोपावरमा हाल २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । सुक्खायामको समयमा नदीमा पानीको मात्रा कम भएकाले २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहको उहाँको भनाइ छ ।

आयोजनाको ड्यामसाइट तथा विद्युत गृहको उपकरणको मर्मत कार्य सम्पन्न हुन साथ गएरातिदेखि नै विद्युत उत्पादनको कार्य सुरु गरिएको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मतको कार्य चाँडै सम्पन्न गर्न २४ सै घण्टा जनशक्ति परिचालन गरिएको थियो ।

करिब एक वर्ष अगाडिदेखि उत्पादन सुरु गरेको आयोजनाको विद्युत कोशी करिडोर प्रसारण लाइनमा जडान गरिएको छ ।

प्रकाशित मिति : 7:32 pm

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी