नो केबुलकार समुहले घोषणा गरेको यातायात बन्द स्थगित



ताप्लेजुङ । नो केबुलकार समुहले चैत्र २५ गतेदेखि घोषणा गरेको यातायात बन्दको कार्यक्रम स्थगित गरिएको छ । समुहले घोषणा गरेको ताप्लेजुङ जिल्ला सहित पाँचथर, इलाम हुँदै झापाको चारआली जोड्ने मेची राजमार्ग र पाँचथर हुँदै धनकुटाको मूलघाट तथा काँकरभिट्टा देखिको एसियन हाइवे बन्दको आव्हान स्थगित गरिएको हो ।

सर्वोच्च अदालतले चैत्र २६ गते छलफलका लागि बोलाएको र त्यसलाई मध्यनजर गरी बन्दको कार्यक्रम स्थगित गरिएको नो केबुलकार समुहका अगुवा राम मादेनले बताउनुभयो । केबुलकार निर्माणमा विवाद भइरहदा आन्दोलनरत समुहले निर्माणको काम स्थगित र खारेजीको अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

अन्तरिम आदेश दिनु पर्ने नपर्ने भन्ने विषयमा दुई पक्षबीच बुझ्नु पर्ने भएको भन्दै सर्वोच्चले निर्माण कम्पनी र रिट दायर गर्ने नो केबुलकार समुहलाई छलफलका लागि बोलाएको छ । त्यति बेलासम्म काम स्थगित गर्नपनि आदेश दिएको छ ।

अदालतको आदेशसँगै निर्माणको काम स्थगित गरिएको पाथीभरा माता केबुलकार कम्पनीका सम्पर्क अधिकृत रुद्र पौडेलले बताउनुभएको छ । ताप्लेजुङमा केबुलकार निर्माणको पक्ष र विपक्षमा विवाद तथा झडप समेत हुँदै आएको छ ।

प्रकाशित मिति : 11:30 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा