नो केबुलकार समुहले घोषणा गरेको यातायात बन्द स्थगित



ताप्लेजुङ । नो केबुलकार समुहले चैत्र २५ गतेदेखि घोषणा गरेको यातायात बन्दको कार्यक्रम स्थगित गरिएको छ । समुहले घोषणा गरेको ताप्लेजुङ जिल्ला सहित पाँचथर, इलाम हुँदै झापाको चारआली जोड्ने मेची राजमार्ग र पाँचथर हुँदै धनकुटाको मूलघाट तथा काँकरभिट्टा देखिको एसियन हाइवे बन्दको आव्हान स्थगित गरिएको हो ।

सर्वोच्च अदालतले चैत्र २६ गते छलफलका लागि बोलाएको र त्यसलाई मध्यनजर गरी बन्दको कार्यक्रम स्थगित गरिएको नो केबुलकार समुहका अगुवा राम मादेनले बताउनुभयो । केबुलकार निर्माणमा विवाद भइरहदा आन्दोलनरत समुहले निर्माणको काम स्थगित र खारेजीको अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

अन्तरिम आदेश दिनु पर्ने नपर्ने भन्ने विषयमा दुई पक्षबीच बुझ्नु पर्ने भएको भन्दै सर्वोच्चले निर्माण कम्पनी र रिट दायर गर्ने नो केबुलकार समुहलाई छलफलका लागि बोलाएको छ । त्यति बेलासम्म काम स्थगित गर्नपनि आदेश दिएको छ ।

अदालतको आदेशसँगै निर्माणको काम स्थगित गरिएको पाथीभरा माता केबुलकार कम्पनीका सम्पर्क अधिकृत रुद्र पौडेलले बताउनुभएको छ । ताप्लेजुङमा केबुलकार निर्माणको पक्ष र विपक्षमा विवाद तथा झडप समेत हुँदै आएको छ ।

प्रकाशित मिति : 11:30 am

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित