सिकाईमैत्री बिद्यालय निर्माण गर्न मैवाखोलामा सिकाईमैत्री कार्यशाला सुरु




रेडियो काबेली
ताप्लेजुङ । गुणस्तरीय शिक्षाका लागि सिकाईमैत्री बिद्यालयहरु निर्माण गर्न जिल्लाको मैवाखोला गाउँपालिकाले सिकाईमैत्री कार्यशाला सुरु गरेको छ । पालिकाले कक्षा १–८ सम्मका विषय शिक्षकहरुलाई सीकाईमैत्री सिकाई वातावरण निर्माणका लागि क्रियाकलापमा आधारित ५ दिने शिक्षण सिकाई कार्याशाला बिहिबारबाट सुरु गरेको हो ।

पालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार कार्यशालाको सहजीकरण विषय बिज्ञ अर्जुन भट्ट, बृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे र कमला देबकोटाले गरि रहनु भएको छ । उहाँका अनुसार कार्याशालाको समापन पछि आगामी चैत्र २७ गते आम अभिभावकहरु, शिक्षक तथा बुद्धिजिवीहरु र विधार्थीहरुको उपस्थितिमा बृहत र ऐतिहासिक रूपमा सीपमा आधारित सिकाई मेला समेत हुनेछ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लागि परेको गाउँपालिकाले गत वर्षको जेठमा बृहत शैक्षिक सम्मेलन गरेको थियो भने पालिकाले ५वर्षे शैक्षिक रणनीति बनाएर काम गरि रहेको छ ।

प्रकाशित मिति : 8:56 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर