लिम्बु कथानक चलचित्र “सुगुप” बेलायतमा पाँचौँ पटक प्रदर्शन हुँदै



काठमाडौं । लिम्बु कथानक चलचित्र “सुगुप” बेलायतमा पाँचौं पटक प्रदर्शन हुने भएको छ। नेपाल राष्ट्रिय चलचित्र पुरस्कार २०२५ बाट सम्मानित लिम्बु कथानक चलचित्र सुगुप किरात याक्थुङ चुम्लुङ कोल्चेस्टर शाखाको आयोजनामा पाँचौं पटक प्रदर्शन हुने भएको हो ।
रबिन कुमार नाल्बोद्वारा निर्मित र लोकेन साँबाद्वारा निर्देशित लिम्बु कथानक चलचित्र सुगुपको विशेष प्रदर्शन शनिबार, अप्रिल ५, २०२५ मा बेलुका ५ः०० बजे बेलायतको कोल्चेस्टरस्थित फर्स्टसाइट सिनेमा हलमा हुनेछ। चलचित्रमा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ (फुलन्देको बाऊ) यासेली योङहाङ, डम्बरकुमारी लिम्बू, निता लिम्बु, रुकमान लिम्बु, सुम्निमा खापुङ र तिर्थ मादेम्बाको अभिनय छ। स्वरमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बू र रुकमान लिम्बु छन्। पार्श्वसंगीत प्राज्ञ अशोककुमार लोहरुङ राईको छ भने पटकथारसंवाद देवेन्द्र खापुङ ‘सुर्केली’ र छायांकन युवराज राई ‘वीरवहादुर’ को छ।

मुख्य निर्माता र प्रस्तुतकर्ता रबिन कुमार नाल्बो छन् भने निर्माताहरूमा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ, सहनिर्माताहरूमा माननीय एलपी साँवा, मनिशा सुब्बा नाल्बो, श्रीप्रसाद माबो र स्वर्गीय रामप्रसाद पंधाक छन्। बेलायत प्रदर्शनपछि २७ अप्रिल २०२५ मा न्युजिल्याण्डको द सटर थिएटर हलमा भुटनिज नेपाली कम्युनिटी अफ नेल्सनको आयोजनामा भोजराज सुब्बाको संयोजनमा प्रदर्शन हुने मुख्य निर्माता नाल्बोले बताए।

कार्यक्रम विवरण ः

मिति ःअप्रिल ५, २०२५ (शनिबार)

समय ः बेलुका ५ः०० बजे

स्थान ःफर्स्टसाइट सिनेमा हल, कोल्चेस्टर, बेलायत

आयोजक ः किरात याक्थुङ चुम्लुङ कोल्चेस्टर शाखा

प्रस्तुतकर्ता ः रबिन कुमार नाल्बो र सुगुप निर्माण परिवार

प्रकाशित मिति : 7:59 am

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन