हराएको ५ लाखबढीको सामाग्री सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले काठमाडौंबाट हराएको ५ लाख बढीको विद्युतीय सामाग्री खोजी गरि हस्तान्तरण गरेको छ । काठमाडौंको टोखा नगरपालिका वडा नं.१ गोंगबुका राम बहादुर तामाङको गत चैत्र ३ गते हराएको उक्त मुल्यको सामाग्री बिहिबार हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार तामाङको डेल कम्पनी ल्याप्टप एक थान, आईफो १६ प्रोम्याक्स र सामसुङ कम्पनीको एस २४ अल्ट्रा स्मार्ट फोन एक थान जिल्लाको सिरिजंघा गाउँपालिका क्षेत्रमा प्रयोग भई रहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिई उक्त सामाग्री फेला पारेको थियो । उक्त सामाग्री तामाङको भतिजो रामेछाप सुनपाती गाउँपालिका वडा नं. ३ बस्ने सुरेन्द्र मोक्तानलाई हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक रावलको भनाई छ ।

प्रकाशित मिति : 10:14 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र