मेरीङदेनमा नागरीक सुनुवाई तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिकामा शुक्रबार नागरीक सुनुवाई तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा एवं जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पालिका अध्यक्ष युक हाङ बिर हाङ्गाम (डम्बर)को अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले मानसिक तनाव (डिप्रेशन) लाई व्यवस्थापन गर्ने उपायहरु साथै लागु औषध दुव्र्यसनी बिरुद्ध सचेतनामुलक प्रस्तुतीकरण गर्नुभएको थियो ।

साथै डिभिजन वन कार्यालय ताप्लेजुङबाट आगलागी र वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी पर्चा, र आत्महत्या न्युनिकरण अभियान समिती ताप्लेजुङबाट तयार गरिएको पर्चा समेत वितरण गरिएको थियो । कार्यक्रममा पालिका अध्यक्ष सहित उपाध्यक्ष दुर्गा प्रसाद चोङबाङ, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी बल नेपाल नं.१ गुल्म हेड क्वाटर कञ्चनजङघा ताप्लेजुङका सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जन, जन प्रतिनीधि, राजनीति दलका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : 10:09 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र