९ स्थानीय तहको न्यायिक सम्पादनमा एक रूपता ल्याउने उद्देश्यले कार्यविधि बनाउने कार्य सुरु



ताप्लेजुङ । ताप्लेजुङका ९ ओटै स्थानीय तहको न्यायिक सम्पादनमा एक रूपता ल्याउने उद्देश्यले न्यायिक कार्यविधि बनाउने कार्य सुरु भएको छ । जिल्लाको सदरमुकाम फुङ्लिङमा सबै स्थानीय तहका न्यायिक समितिका संयोजक, सदस्य सचिव र सदस्यको उपस्थितिमा न्यायिक कार्यविधि तयार पार्ने २ दिने गोष्ठी सुरु भएको हो ।

हाल सम्बन्धित पालिकाका नागरिकको मात्र मुद्दा हेर्न पाउने अधिकार न्यायिक समितिका संयोजकलाई रहेको छ । गोष्ठीबाट आफ्ना पालिकामा भएका अन्य पालिकाका पीडितलाई सम्बन्धित पालिकाको न्यायिक समिति सँग समन्वय गर्ने गरि कार्यविधि तयार पार्ने गरि गोष्‍ठीको सुरुवात गरिएको न्यायिक समिति जिल्ला सञ्जालका संयोजक भिमा देवी ओझाले जानकारी दिनु भयो ।

गोष्ठीमा स्थानीय तहले न्यायिक क्षेत्रमा हाल सम्म गरेका कार्यहरूको समीक्षा, चुनौतीको विषयमा बहस लगायतका छलफल गरिएको छ । कार्यविधि तयारी गोष्ठीको सहजीकरण मानव अधिकार मञ्च नेपालले गरेको छ । मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता देवेन्द्र विश्वकर्मा, बरिष्ठ अधिवक्ता जस बहादुर लुङ्गेली र सहजकर्ता मनकुमार बराइलीले सहजिकरणको भूमिका निर्वाह गर्नु भएको छ ।

प्रकाशित मिति : 9:47 pm

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको