ताप्लेजुङका डीएसपी रवि रावललाई सम्मान



ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावललाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान सहित पुरस्कृत गरिएको छ । ताप्लेजुङ पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले डीएसपी रावललाई सम्मान सहित पुरस्कृत गर्नुभएको हो ।

प्रहरी नायब महानिरीक्षक अधिकारीले रावल सँगै लामो समय सम्म दुर्गम जिल्ला ताप्लेजुङ तथा बिभिन्न इकाईहरुमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरूलाई पनि पुरस्कृत गर्नु भएको भएको छ । साथै उहाँले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण तथा भ्रमण गर्नु भएको छ ।

साथै उहाँले धार्मिक स्थल, पर्यटकीय क्षेत्रको सम्भावना भएको पहाडी जिल्ला ताप्लेजुङमा लामो तथा छोटो दुरीको गस्ती परिचालन गरी शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रणका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरूलाई निरुत्साहित गर्न उच्च मनोबलका साथ लाग्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको छ ।

प्रकाशित मिति : 6:04 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको