मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो



ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आएको छ । बुधबार बसेको सर्वपक्षीय बैठक पछि मालबाहक सवारी साधन सञ्चालनमा आएको हो ।

गत फागुन २० गते साँझ मेरिङदेन गाउँपालिका वडा नं. २ सान्थाक्राको आङचोक सडक खण्डमा मालवाहक ट्रकको ठक्करबाट सान्थाक्रा निवासी हर्कवीर केदेम (दिपेश) को मृत्यु भएको थियो । मध्य मेवा हाइड्रोपावर प्रा.लि.को सामान बोकेको ट्रकको ठक्करबाट केदेमको मृत्यु भएपछि उचित क्षति फुर्तिको माग गर्दै चैत ६ गतेबाट मध्य मेवा हाइड्रोपावर प्रा।लि। र युनाइटेड मेवा हाइड्रोपावर प्रा.लि.को मालवाहक सवारीसाधनलाई आवत जावतमा रोक लगाइएको थियो ।

बुधबार मेरिङदेन गाउँपालिकाको कार्यलयमा बसेको बैठकले मृतक केदेमको परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्ने भएपछि मालवाहक सबारीसाधन सञ्चालनमा आउने सहमति भएको हो । मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङ विर हाङगाम ९डम्बर० को अध्यक्षतामा बसेको बैठकमा गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद चोङ्बाङ, पुर्व गाउँपालिका अध्यक्ष गणेश चोङबाङ, युनाइटेड मेवा हाइड्रोपावर र मध्य मेवा हाइड्रोपावरका प्रतिनिधिहरू, बुद्धिजीवी, सरोकारवालाहरू साथै मृतकका आफन्त र परिवारजनको उपस्थिति रहेको थियो ।

मृतक केदेमलाई ठक्कर दिने प्र. १-०२-००१ ख ९३३४ नम्बरको ट्रकका चालक सुन्दरहरैंचा नगरपालिका पाँच मोरङका सन्जित कामी भने पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : 8:54 pm

सुशील थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित

ताप्लेजुङ, बैशाख १० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा