मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो



ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आएको छ । बुधबार बसेको सर्वपक्षीय बैठक पछि मालबाहक सवारी साधन सञ्चालनमा आएको हो ।

गत फागुन २० गते साँझ मेरिङदेन गाउँपालिका वडा नं. २ सान्थाक्राको आङचोक सडक खण्डमा मालवाहक ट्रकको ठक्करबाट सान्थाक्रा निवासी हर्कवीर केदेम (दिपेश) को मृत्यु भएको थियो । मध्य मेवा हाइड्रोपावर प्रा.लि.को सामान बोकेको ट्रकको ठक्करबाट केदेमको मृत्यु भएपछि उचित क्षति फुर्तिको माग गर्दै चैत ६ गतेबाट मध्य मेवा हाइड्रोपावर प्रा।लि। र युनाइटेड मेवा हाइड्रोपावर प्रा.लि.को मालवाहक सवारीसाधनलाई आवत जावतमा रोक लगाइएको थियो ।

बुधबार मेरिङदेन गाउँपालिकाको कार्यलयमा बसेको बैठकले मृतक केदेमको परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्ने भएपछि मालवाहक सबारीसाधन सञ्चालनमा आउने सहमति भएको हो । मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङ विर हाङगाम ९डम्बर० को अध्यक्षतामा बसेको बैठकमा गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद चोङ्बाङ, पुर्व गाउँपालिका अध्यक्ष गणेश चोङबाङ, युनाइटेड मेवा हाइड्रोपावर र मध्य मेवा हाइड्रोपावरका प्रतिनिधिहरू, बुद्धिजीवी, सरोकारवालाहरू साथै मृतकका आफन्त र परिवारजनको उपस्थिति रहेको थियो ।

मृतक केदेमलाई ठक्कर दिने प्र. १-०२-००१ ख ९३३४ नम्बरको ट्रकका चालक सुन्दरहरैंचा नगरपालिका पाँच मोरङका सन्जित कामी भने पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार २०:५४

ताप्लेजुुङका प्रहरी प्रमुुख रवि रावलको सरुवा

रेडियो काबेलीताप्लेजङु । जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुख प्रहरी

रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियाली सम्मानित

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजङको फुङलिङ नगरपालिकामा सञ्चालित रेडियो काबेली ९५.८

कञ्चनजंघा गुल्मको स्थापना दिवसमा सशस्त्र प्रहरी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नं. १ गुल्म कञ्चजंघा

ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले

टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा पत्रकार गुरुङ सहित तिन पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले पत्रकार देवराज गुरुङ