शैक्षिक गुणस्तर सुधार गर्न मैवाखोला गाउँपालिकाद्धारा मन्टेश्वरी तालिम



रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरुलाई ६५ दिने मन्टेश्वरी तालिम प्रदान गरेको छ । व्यवसायिक प्रशिक्षण केन्द्र इटहरीको सहयोगमा गाउँपालिकाले पालिका भित्रका २६ जना बाल विकास केन्द्रका शिक्षकहरुलाई तालिम प्रदान गरेको हो ।


तालिमले आधारभूत तहबाटै विधार्थीहरुलाई सिकाउन शिक्षकहरुलाई सहजता प्रदान गर्ने पालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार उक्त तालिम सार्वजनिक शिक्षा सुधार अभियानअन्तर्गत आधारभूत तहको सिकाइ प्रभावकारी बनाउन गरिएको हो ।


उहाँले भन्नुभयो,“यो तालिमले आधारभूत तहबाटै विधार्थीहरुलाई सिकाउन सहयोग पुर्याउदै शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। आशा छ यहाँ तालिम लिएर जानुहुने सबै शिक्षकहरुले आफूले सिकेको ज्ञान नानिबाबुहरुलाई राम्रोसँग सिकाउनुहुनेछ ।” पालिकाले शैक्षिक गुणस्तर सुधार्न ५ वर्षे रणनीति बनाएर काम गरि रहेको छ भने यस अघि बृहत शैक्षिक सम्मेलन समेत सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : 2:39 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम