प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने



ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने भएको छ । वसन्त पन्चमीको अवसरमा प्रगतिशील युवा क्बल मेरिङ्देन गाउँपालिका (४ लिङ्तेपको आयोजनामा गोल्डकप माघ ९ गते देखि १३ गतेसम्म हुने भएको हो ।

प्रतियोगिताको उद्घघाटन खेल अन्तरगत माघ ९ गते आयोजक प्रगतिशील युवा क्लब निलो र लालिमा युवा क्लब ढुङ्गेसाँघु बिच हुनेछ । त्यस्तै माघ १० गते आयोजक प्रगतिशील युवा क्लब निलो र मानाभारा युवा क्लब खेजेनिम बिच हुनेछ । माघ ११ गते साथिभाई सामाजिक युवा क्लब फुङ्लिङ र पुवाजुङ फुटबल क्लब ईलाम साथै पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लब खाम्लुङ र कुम्मायक कुसायक क्लब पाँचथर बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको बिजेता टीमले नगद ३ लाख २ हजार ८२ र उपबिजेता हुने टीमले नगद १ लाख ५२ हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष बिजय हाङ्गामले बताउनु भयो । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद दुई हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डीफेन्डर र सर्बाधिक गोलकर्तालाई जनही ४ हजार रुपैयाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ८ हजार रुपैयाँ प्रदान गरिनेछ ।

फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्यले गोल्डकपको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल भने माघ १३ गते हुनेछ भने प्रतियोगिता संचालन गर्न करिब ११ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष हाङ्गामले बताउनु भयो ।

प्रकाशित मिति : 4:33 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक