प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश



ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा कन्काई स्पोर्टिङ क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै लालिगुराँस सेमिफाइनलमा प्रवेश गरेको हो । 

यो सँगै माघेमेला गोल्ड कपको सेमिफाइनल समीकरण पुरा भएको छ ।  माघे सक्रान्तिको अवसरमा आयोजित गोल्डकपमा शनिबार भएको खेलमा लालीगुँरासका विवेक लिम्बूले खेलको ३३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको ७२ औं मिनेटमा फेरी लालिगुराँसकै सोहीम लिम्बूले गोल गर्दै टिमलाई २–० गोल अन्तरमा पुर्‍याउन सफल हुनु भएको थियो भने फेरी खेलको ७८ औं मिनेटमा ललिगुराँसकै विवेक लिम्बूले दोस्रो गोल गर्नुहुँदै टिमलाई ३–० गोल अन्तरले जित दिलाउन सफल हुनुभएको हो । 

अब आइतबार हुने सेमिफाइनल खेलमा लालीगुराँसले वि.सि.एस. मेमोरियल युवा क्लब सावादिनसँग भेट पक्का  गरेको छ । शुक्रबार भएको खेलमा नाम्थोक युवा क्लब पाँचथरलाई ५–४ गोल अन्तरले पराजित गर्दै सावादिन सेमिफाइनलमा प्रवेश गरेको हो । यता शुक्रबार नै सम्पन्न भएको दोस्रो खेलमा ड्रिम बोइज एफ.सि. धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब धनकुटाले आइतबार नै हुने सेमिफाइनल खेलमा आयोजक सिंवा स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्ने छ । बिहीबार भएको उद्‌घाटन खेलमा आयोजकले जनसेवा आदर्श स्पोर्टिङ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगिताको विजेता टिमले नगद तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद एक लाख ७५ हजार रुपियाँसहित  ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ भने हरेक दिन म्यान अफ दि म्याच बन्नेलाई समेत नगदको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

माघेमेला सञ्चालन समितिद्वारा माघ १ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल माघ ५ गने हुनेछ । क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो पालिकामा रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा सिंवा बजारलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्य सहित मेलाको आयोजना गरिएको संरक्षक मचिन्द्र लिम्बूले बताउनुभयो ।

उहाँका अनुसार ऐतिहासिक मेलाको सुरुवात राणा कालदेखि नै भएको हो । विगतका वर्षमा सामान्य मेला महोत्सव मात्र हुने गरेको थियो । यस वर्षदेखि सदरमुकाम बाहिर हुने प्रतियोगिताहरुमध्येकै सर्वोत्कृष्ट पुरस्कार राशिको भएको गोल्डकपको रुपमा सुरुवात गरिएको आयोजकले जनाएको छ ।  

प्रकाशित मिति : 6:16 pm

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)