फक्ताङलुङमा विभिन्न पार्टी परित्याग गर्दै १५० बढी माओवादी केन्द्रमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गर्दै १५० बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको पालिकाको तेस्रो अधिवशेनको अवसरमा १५२ जना विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टीका अनुसार पार्टी प्रवेश गर्नेहरुमा पालिकाको खेजेनिमबाट नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य भक्त अन्छङ्बो र रोशन ताम्मादेन साथै जसपा जिल्ला कमिटी सदस्य सहित ३४ जना, तापेथोकबाट ५२ जना, सङ्साबु,बिपुधाप र इखाबुबाट २८ जना, सावादिनबाट ११ जना र लेलेपबाट २७ जना रहेका छन् ।

पार्टीमा प्रवेश गरेकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं माओवादी केन्द्रका उप – महासचिव एवम पुर्व गृह तथा उर्जामन्त्री जनार्दन शर्मा “प्रभाकर“, माओवादी केन्द्र १ नम्बर प्रदेश अध्यक्ष हर्क बहादुर नेम्बाङ मिक्सो, केन्द्रिय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेल प्रसाद बुढाक्षेत्री पराग, बैकल्पिक केन्द्रिय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष बिजय किराती, बैकल्पिक केन्द्रीय सदस्य मिङ्मा डन्डु लामाले अबिर र खादा माला लगाएर पार्टीमा प्रवेश गराएका छन् ।

प्रकाशित मिति : 6:27 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले