फक्ताङलुङमा विभिन्न पार्टी परित्याग गर्दै १५० बढी माओवादी केन्द्रमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गर्दै १५० बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको पालिकाको तेस्रो अधिवशेनको अवसरमा १५२ जना विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टीका अनुसार पार्टी प्रवेश गर्नेहरुमा पालिकाको खेजेनिमबाट नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य भक्त अन्छङ्बो र रोशन ताम्मादेन साथै जसपा जिल्ला कमिटी सदस्य सहित ३४ जना, तापेथोकबाट ५२ जना, सङ्साबु,बिपुधाप र इखाबुबाट २८ जना, सावादिनबाट ११ जना र लेलेपबाट २७ जना रहेका छन् ।

पार्टीमा प्रवेश गरेकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं माओवादी केन्द्रका उप – महासचिव एवम पुर्व गृह तथा उर्जामन्त्री जनार्दन शर्मा “प्रभाकर“, माओवादी केन्द्र १ नम्बर प्रदेश अध्यक्ष हर्क बहादुर नेम्बाङ मिक्सो, केन्द्रिय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेल प्रसाद बुढाक्षेत्री पराग, बैकल्पिक केन्द्रिय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष बिजय किराती, बैकल्पिक केन्द्रीय सदस्य मिङ्मा डन्डु लामाले अबिर र खादा माला लगाएर पार्टीमा प्रवेश गराएका छन् ।

प्रकाशित मिति : 6:27 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन