छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमलाई



ताप्लेजुङ् । छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा आयोजक बि.सि.एस. मेमोरियल युवा क्लबलाई २–१ गोलले अन्तरले पराजित गर्दै मानाभराले उपाधि हात पारेको हो ।

पहिलो सेमिफाइनल खेलमा आयोजक बि.सि.एस.सावादिनले थलङ स्पोर्टिङ क्लब मिक्वाखोलालाई पेनाल्टि सुच आउटमा ४–२ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनलमा मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले आयोजक बि.सि.एस. ‘बि’ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै बि।सि।एस। आयोजक सँग उपाधि भिडन्त पक्का गरेको हो । 

उपाधि सँगै मानाभराले नगद १ लाख १ हजार रुपियाँ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको आयोजकले नगद ६० हजार रुपियाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको बि.सि.एस. मेमोरियल क्लबका अध्यक्ष रुपहाङ साउदेनले बताउनुभयो । 

गत फागुन २५ गतेदेखि बि.सि.एस. मेमोरियल युवा क्लबको आयोजनामा खले सुरु भएको थियो । खेल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका १ सावादिनकको बि.सि.एस. खेलमैदामा सञ्चालन गरिएको थियो ।  खेलको उद्‌घाटन फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू मुक्तिले गर्नुभएको थियो भने समापन कार्यक्रम कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सि। हाङ्गामको प्रमुख आतिथ्यतामा भएको हो ।  

बि.सं. २०६५ सालमा स्थापना भएको बि.सि.एस. मेमोरियल क्लब तीन सहिदहरुको नामबाट राखिएको क्लबका अध्यक्ष रुपहाङ लिम्बूको भनाई छ । उहाँका अनुसार १० वर्षे जनयुद्धमा फक्ताङलुङ गाउँपालिका वडा नं. १ सावादिनका तीन जना सुदिप साउदेन (विश्वास), चन्द्र शेर्पा र सुर्य साउदेन (सन्दीप) सहिद भएको थिए । 

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार १२:१९

मैवाखोला गाउँपालिकाले दियो तीन परिवारलाई एक लाख ५० हजार राहत

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ३ परिवारलाई एक लाख ५०

ताप्लेजुङमा स्थायी नियुक्तिका लागि स्थानीय तह छनोट गर्न शिक्षकहरुलाई सात दिनको म्याद

ताप्लेजुङ । ताप्लेजुङमा प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि

केबलकारको विवादलाई समाधान गर्न वार्ताका लागि आन्दोलनरत पक्षलाई गृह मन्त्रालयले फेरी बोलायो

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह

पाथिभरा मन्दीरमा फागुन महिनामा १३ लाख भेटी संकलन

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले फागुन महिनामा गणना गरेको

छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमलाई

ताप्लेजुङ् । छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ