छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमलाई



ताप्लेजुङ् । छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा आयोजक बि.सि.एस. मेमोरियल युवा क्लबलाई २–१ गोलले अन्तरले पराजित गर्दै मानाभराले उपाधि हात पारेको हो ।

पहिलो सेमिफाइनल खेलमा आयोजक बि.सि.एस.सावादिनले थलङ स्पोर्टिङ क्लब मिक्वाखोलालाई पेनाल्टि सुच आउटमा ४–२ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनलमा मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले आयोजक बि.सि.एस. ‘बि’ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै बि।सि।एस। आयोजक सँग उपाधि भिडन्त पक्का गरेको हो । 

उपाधि सँगै मानाभराले नगद १ लाख १ हजार रुपियाँ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको आयोजकले नगद ६० हजार रुपियाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको बि.सि.एस. मेमोरियल क्लबका अध्यक्ष रुपहाङ साउदेनले बताउनुभयो । 

गत फागुन २५ गतेदेखि बि.सि.एस. मेमोरियल युवा क्लबको आयोजनामा खले सुरु भएको थियो । खेल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका १ सावादिनकको बि.सि.एस. खेलमैदामा सञ्चालन गरिएको थियो ।  खेलको उद्‌घाटन फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू मुक्तिले गर्नुभएको थियो भने समापन कार्यक्रम कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सि। हाङ्गामको प्रमुख आतिथ्यतामा भएको हो ।  

बि.सं. २०६५ सालमा स्थापना भएको बि.सि.एस. मेमोरियल क्लब तीन सहिदहरुको नामबाट राखिएको क्लबका अध्यक्ष रुपहाङ लिम्बूको भनाई छ । उहाँका अनुसार १० वर्षे जनयुद्धमा फक्ताङलुङ गाउँपालिका वडा नं. १ सावादिनका तीन जना सुदिप साउदेन (विश्वास), चन्द्र शेर्पा र सुर्य साउदेन (सन्दीप) सहिद भएको थिए । 

प्रकाशित मिति : 12:19 pm

गौवध मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ 

ताप्लेजुङ, वैशाख ३० गते । गौवध मुद्दामा अदालतबाट दोषी ठहर भई

मेरिङदेन र मिक्वाखोलाका २७ जनालाई मेलमिलाप सम्बन्धी तालिम

ताप्लेजुङ, वैशाख ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला

तिनजुरे–मिल्के क्षेत्रमा पर्यटन तथा समन्वय कार्यक्रम सुरु 

ताप्लेजुङ, वैशाख २८ गते । जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा

तिनजुरे–मिल्के क्षेत्रमा दुईदिने पर्यटन तथा समन्वय कार्यक्रम हुँदै

ताप्लेजुङ, वैशाख २९ गते । तेह्रथुमको वसन्तपुरमा तिनजुरे–मिल्के–जलजले क्षेत्रको पर्यटन

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा