“अञ्जिला प्रिमियर शो” का एक दर्शक




ई. वीरेन्द्र श्रेष्ठ
ताप्लेजुङ । मुन लभ इन्टरटेन्मेन्ट प्रा. लि. द्वारा निर्माण भएको “अन्जिला“ हेर्ने सौभाग्य यहि चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठले म र मेरि श्रीमती मानोलाकलाई जुराईदिनु भएकोमा हार्दिक आभार । नेपाली फुटबल जगतमा महिला खेलाडीको जाज्वल्य उदय सगै राष्ट्र र अन्तराष्ट्रमा आफ्नो दर्विलो उपस्थिति जनाईरहेकी अन्जिला तुम्बापोको जीवनीमा आधारित रहि निर्माण भएको यो चलचित्र खेलकुदमा आफ्नो जीवन सुम्पिने खेलाडीहरुको सम्मानमात्र हैन नेपालमा महिला खेलाडी अथवा खेलाडीको उदय कसरी हुँदो रहेछ ? भन्ने सम्मको दस्तावेज हो अञ्जिला ।

परिवारको बिखण्डन, बालबच्चाको चाहना नबुझ्ने आमाबाबु तथा यो सब परिवेशमा मुलुकको यथार्थ अवस्थालाई अत्यन्तै राम्रोसँग चित्रण भएको छ अञ्जिलामा । ढुंगामाथी झांगिएको रुखको चित्रण झै अत्यन्तै सरल भाषा र प्रस्तुति (presentation) गरिएको छ कथालाई निर्देशक मिलन चाम्सले ।

हामिलाई निम्तो ५ बजे साझमा दिइएपनि प्रिमियर शो को कारण फिल्मका मुख्य कलाकार दयाहाङ राई, अन्य पाहुना र प्रमुख अतिथी एपीएफका प्रमुखको रहेको र सबैजना जुट्न केही समय लागेकोले झण्डै ६ः३० बजे मात्र कार्यक्रम सुरु भएको थियो ।केही औपचारिक कार्यक्रम, खेलाडी सम्मान, अतिथी सम्मान कार्यक्रम रहेकोले ७ बजे पछि मात्र फिल्म सुरु भएको थियो ।
सरल कथालाई अत्यन्तै निर्मल तरिकाले फिल्ममा बगाईएको छ जसरी एक हिउँदको सफा नदिको पानीको वहाव झैँ ।

कथाकी नायिका अञ्जिलाले वाल्यअवस्थामा के कस्ता दुख भोगेकी रहिछन् ? कसरी ए पि एफ क्लब पुगेर त्यहाँका प्रमुख प्रेम कुमार श्रेष्ठसँग भेट भएछ ? कति दिन भोकभोकै आफ्नो यात्रा तय गरेकी रहिछन ? एउटी आमाले आफ्ना छोराछोरीको मनोदशा कति सम्म र कसरी बुझ्दारहेछन ?

हरेक आमा बाबू बन्ने जोडीलाई समेत शिक्षाप्रद हुने फिल्म हो अञ्जिला । एक खेलाडी र नेपाललाई माया गर्ने राष्ट्रभक्तले हेर्नै पर्ने बनेको रहेछ यो फिल्म । यो दस्तावेज अवलोकन गरिरहँदा, खेलकुद बोर्ड, मन्त्रालय, मन्त्री, राजनीतिज्ञहरुले खेलकुदका सम्भावनाहरु लाई कसरी बुझेर आफ्नो रोडमेप वा कार्ययोजना तैयार गर्छन ? हेर्न बाकी छ । फिल्मले यस्ता धेरै बिषय उजागर गरेका छन् ।

मुलुकको लागि खेल खेलेर जिबनमा थप दुख गर्नै नपर्ने सम्पती आर्जन गर्ने क्षमताका खेलाडीको एउटा निजि निवास सम्म नभएको बिषयलाई फिल्म निर्माण टिमले अञ्जिलालाई घर बनाईदिने उद्घघोष गरेका छन् । फुटबल बाहेक जीवनमा अन्य केही नसोचेकी नेपाली महिला खेलाडी अञ्जिला अहिले ग्रिसमा खेलखेलिरहेकी छिन् ।

जीवनमा धेरै फिल्म हेरियो होला तर अञ्जिला यति सम्पुर्ण फिल्म बनेको रहेछ कि, झण्डै २५% अवधि मेरा आँखा रसाईरहेका थिए । नेपाली सिने जगतका हस्ती कलाकारहरु दयाहाङ राई, बिजय बराल, सुनिल थापा (राते), बुद्धि तामाङ (हैट), मुख्य पात्र अञ्जिला लगायतको अभिनय जिवन्त छ ।

फिल्मको व्याख्या आलेखबाटै गरिदा फिल्मलाई नै अन्याय हुने भएता पनि मन नमानेर यतिसम्म चाहि लेख्ने जमर्को गरेको छु । समग्रमा फिल्म अत्यन्तै उत्कृष्ट, साचो राष्ट्रवाद बोकेको फिल्म छ । बाकी दर्शक जनार्दन । समस्त खेलाडीको पारिवारिक जीवन, खेल जीवन र अञ्जिलाको निजि जीवन साथै यो फिल्मको अपार सफलताको कामना माता पाथीभरासँग गर्दछु ।

प्रकाशित मिति : 7:25 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान