पाथिभरा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा तिलकुमार जोगी निर्वाचित



ताप्लेजुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तिल कुमार जोगीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । 

जोगी नेपाल विद्यार्थी सङ्घबाट हुनुहन्छ । यस्तै सचिवमा अनेरास्ववियुका लक्ष्मण पौडेल सर्वसम्मत चयन हुनु भएको छ । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका निकिता लिम्बू चयन हुनुभएको छ । सदस्यहरूमा ने वि सङ्घका सौगात विष्ट, अखिल क्रान्तिकारीका शान्तीला गुरुङ र सुजन लिम्बू चयन हुनुभएको छ । यस्तै सदस्यमा नै अनेरास्ववियुका सनुजा गौतम र विनु तामाङ सर्वसम्मत चयन हुनुभएको छ । 

निर्वाचन तालिका अनुसार आज प्रत्यक्ष र समानुपातिक तर्फको मनोनयन दर्ता समय बिहान ११ बजेदेखि दिउसो दुई बजेसम्मका लागि तोकिएको थियो । समानुपातिक तर्फ ने.वि. सङ्घ, अनेरास्ववियु, अनेरास्ववियू एस र अखिल क्रान्तिकारीबाट एक एक जना सदस्य हुने बताइएको छ । स्ववियु निर्वाचनका लागि चार वटा सङ्गठन ने.वि. सङ्घ, अनेरास्ववियु, अनेरास्ववियू एस र अखिल क्रान्तिकारीले सङ्गठन दर्ता गरेका थिए । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । तर, निर्वाचन अघि नै ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा भने सर्वसम्मत स्ववियु समिति चयन भएको हो ।  त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : 4:42 pm

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ