पाथिभरा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा तिलकुमार जोगी निर्वाचित



ताप्लेजुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तिल कुमार जोगीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । 

जोगी नेपाल विद्यार्थी सङ्घबाट हुनुहन्छ । यस्तै सचिवमा अनेरास्ववियुका लक्ष्मण पौडेल सर्वसम्मत चयन हुनु भएको छ । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका निकिता लिम्बू चयन हुनुभएको छ । सदस्यहरूमा ने वि सङ्घका सौगात विष्ट, अखिल क्रान्तिकारीका शान्तीला गुरुङ र सुजन लिम्बू चयन हुनुभएको छ । यस्तै सदस्यमा नै अनेरास्ववियुका सनुजा गौतम र विनु तामाङ सर्वसम्मत चयन हुनुभएको छ । 

निर्वाचन तालिका अनुसार आज प्रत्यक्ष र समानुपातिक तर्फको मनोनयन दर्ता समय बिहान ११ बजेदेखि दिउसो दुई बजेसम्मका लागि तोकिएको थियो । समानुपातिक तर्फ ने.वि. सङ्घ, अनेरास्ववियु, अनेरास्ववियू एस र अखिल क्रान्तिकारीबाट एक एक जना सदस्य हुने बताइएको छ । स्ववियु निर्वाचनका लागि चार वटा सङ्गठन ने.वि. सङ्घ, अनेरास्ववियु, अनेरास्ववियू एस र अखिल क्रान्तिकारीले सङ्गठन दर्ता गरेका थिए । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । तर, निर्वाचन अघि नै ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा भने सर्वसम्मत स्ववियु समिति चयन भएको हो ।  त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलवार १६:४२

ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लबमा दुई विदेशी खेलाडी

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लब

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान

आज नागपञ्चमी पर्व, घरका मूलढोकामा नाग टाँसेर मनाइँदै

ताप्लेजुङ । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर

ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्

ताप्लेजुङ गोल्ड कप : टिकट बिक्रीको भयो सम्झौता, आयोजकलाई लङ्वाले बुझाए ७५ प्रतिशत रकम 

ताप्लेजुङ । तेश्रो ताप्लेजुङ गोल्ड कपका लागि टिकट बिक्रीको जिम्मेवारी