चिनियाँ सरकारलाई फुङलिङ–टिप्ताला सडक कालोपत्रेका लागि प्रस्ताव गर्न सांसद योगेश भट्टराईको आग्रह



ताप्लेजुङ। ताप्लेजुङको सदरमुकामदेखि चीनको सीमावर्ती क्षेत्रसम्मको सडक कालोपत्रेका लागि पहल गर्न माग गरिएको छ । प्रतिनिधिसभाका सांसद, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा समक्ष डकुमेन्ट बुझाउँदै पहल कदमी अगाडि बढाउन माग गर्नु भएको हो । 

सदरमुकाम फुङलिङ बजारदेखि टिप्तालासम्मको ८५ किलोमिटर सडक बिस्तार तथा कालोपत्रेका लागि नेपाल सरकारको तर्फबाट चिनियाँ सरकारसँगको छलफल अघि बढाउन सांसद भट्टराईले माग गर्नु भएको छ । कालोपत्रेसँगै पुलहरुको निर्माणका लागि चिनियाँ सरकारको सहयोग लिन उहाँले आग्रह गर्नुभएको हो । ताप्लेजुङका सांसदत्रय भट्टराई, उर्मिला थेवे र लिलादेवी बोखिमले केही दिन अघि छलफल गरि सो प्रस्ताव आज मन्त्री राणा समक्ष पेश गरिएको सचिवालयले जनाएको छ । 

गत मंसिर २९ गते प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा नेतृत्वको टोली र चिनियाँ पक्षबीच छलफल भएको थियो । सो छलफलमा नेपाल सरकारले चिनियाँ सरकारसँग अनुरोध गरे आफूहरू सडक स्तरोन्नति लगायतको प्रक्रियाका लागि अघि बढ्ने वचन दिएको प्रजिअ शर्माले बताउनुभयो । नेपालले चिनियाँ सरकारलाई अनुरोध गरे प्रक्रिया अघि बढाउने वचन पाएसँगै गृहमन्त्रालयलाई यसअघि नै जानकारी गराएको समेत प्रजिअ शर्माले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले तयार पारेको विवरण विहीबार सांसद भट्टराईलाई उपलब्ध गराएको शर्माले जानकारी दिनुभयो । सोही अनुसार सांसद भट्टराईले तत्काल प्रस्ताव अघि बढाउन आग्रह गर्नु भएको छ । 

अहिले हिउँदयामको सिजनमा टिपताला सम्म सहज रुपमा सवारी साधन पुगेपनि बर्खायाममा ठप्प हुने सम्भावना रहेको छ । सोही सडक खण्ड अन्तर्गत सुकेपानी क्षेत्रमा बेलिब्रिज निर्माणको कार्य भने सुरु गरिएको छ । जुन बेलिब्रिज निर्माण सम्पन्न भए बर्खायाममा समेत ओलाङचुङगोला सम्म सवारी साधन चल्न सक्ने बताइएको छ । 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार २१:४४

याक्थुङ मुन्धुम विषयक विमर्श राजधानीमा हुँदै

काठमाडौं । ३१औं विश्व आदिवासी दिवस (अगस्ट ९) को अवसरमा

ताप्लेजुङ समाजको आयोजनामा काठमाडौँमा ‘ताप्लेजुङ लाखे नाच मेला’ हुने

काठमाडौँ । ताप्लेजुङ समाज नेपालले आगामी साउन ३१ गते काठमाडौँमा

ताप्लेजुङ गोल्डकप : आज उद्‌घाटन खेलमा तेल्लोक स्पोर्टिङ र द योङ ब्रदर्श सुनसरी भिड्दै

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

हेल्पिङ हेण्ड्स ताप्लेजुङद्धारा शैक्षिक सामाग्री वितरण तथा अक्षय कोषमा सहयोग

रेडियो काबेलीताप्लेजुङ । सामाजिक क्षेत्रमा काम गर्दै आएको हेल्पिङ हेण्ड्स

भोलीबाट सुरु हुने तेश्रो ताप्लेजुङ गोल्डकपको तयारी पूरा, उद्घाटनमा तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श इटहरी भिड्दै 

साहारा लिम्बूताप्लेजुङ, साउन २३ गते । तेश्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको