ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चार सङ्गठन दर्ता 



ताप्लेजुङ। ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा चार वटा सङ्गठनले सङ्गठन दर्ता गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका अनुसार सोमबार चार वटा सङ्गठनले सङ्गठन दर्ता गराएका हुन् । 

सोमबारबाट (स्ववियु) निर्वाचनको कार्यतालिका सुरु भएको छ । कार्यतालिकाको पहिलो दिन सङ्घ, सङ्गठन र समूह दर्ताको कार्य सकिएको हो । सोही अनुसार पाथिभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सबैभन्दा पहिले सोमबार बिहान ७ः३१ बजे नेपाल विद्यार्थी सङ्घले सङ्गठन दर्ता गराएको क्याम्पस प्राध्यापक तथा मुख्य निर्वाचन अधिकृत युवराज बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार अखिल नेपाल राष्ट्र स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहान ८ः ११ मा सङ्गठन दर्ता गराएका छन् भने, अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) ले बिहान ८ः ५९ बजे सङ्गठन दर्ता गराएका छन् । यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले दिउसो १२ः५६ मा सङ्गठन दर्ता गराएका छन्। 

यो सँगै पाथिभरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि ४ वटा सङ्गठनले भाग लिने भएको छ । सोमबार बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्मका लागि सङ्घ, सङ्गठन र समूह दर्ताको समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । सोमबार देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा सङ्गठन दर्ताको कार्य सकिएको हो ।

स्ववियु निर्वाचन आगामी चैत ५ गतेका लागि तोकिएको छ । 

प्रकाशित मिति : 6:23 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था