ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चार सङ्गठन दर्ता 



ताप्लेजुङ। ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा चार वटा सङ्गठनले सङ्गठन दर्ता गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका अनुसार सोमबार चार वटा सङ्गठनले सङ्गठन दर्ता गराएका हुन् । 

सोमबारबाट (स्ववियु) निर्वाचनको कार्यतालिका सुरु भएको छ । कार्यतालिकाको पहिलो दिन सङ्घ, सङ्गठन र समूह दर्ताको कार्य सकिएको हो । सोही अनुसार पाथिभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सबैभन्दा पहिले सोमबार बिहान ७ः३१ बजे नेपाल विद्यार्थी सङ्घले सङ्गठन दर्ता गराएको क्याम्पस प्राध्यापक तथा मुख्य निर्वाचन अधिकृत युवराज बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार अखिल नेपाल राष्ट्र स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहान ८ः ११ मा सङ्गठन दर्ता गराएका छन् भने, अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) ले बिहान ८ः ५९ बजे सङ्गठन दर्ता गराएका छन् । यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले दिउसो १२ः५६ मा सङ्गठन दर्ता गराएका छन्। 

यो सँगै पाथिभरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि ४ वटा सङ्गठनले भाग लिने भएको छ । सोमबार बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्मका लागि सङ्घ, सङ्गठन र समूह दर्ताको समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । सोमबार देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा सङ्गठन दर्ताको कार्य सकिएको हो ।

स्ववियु निर्वाचन आगामी चैत ५ गतेका लागि तोकिएको छ । 

प्रकाशित मिति : 6:23 am

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान