मेरिङ्देनको दुई विद्यालयका विद्यार्थीमा देखिएको समस्या भाइरल इन्फ्लुएन्जा ‘ए’ भएको पुष्टि



ताप्लेजुङ। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीमा देखिएको समस्या भाइरल इन्फ्लुएन्जा ‘ए’ को भएको पुष्टि भएको छ । मेरिङदेन गाउँपालिकाको वडा नं. ५ थुकिमाका दुई विद्यालयका विद्यार्थीमा देखिएको स्वास्थ्य समस्या पछि त्यहाँका बिरामी विद्यार्थीको स्वाव सङ्कलन गरी परीक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको परीक्षण प्रतिवेदन आएको हो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार १० जनाको स्वाव परीक्षण प्रतिवेदन प्राप्त भएकोमा ७ जनामा भाइरल इन्फ्लुएन्जा ‘ए’ भएको पुष्टि भएको छ । स्वाव सङ्कलन गरिएका मध्ये परीक्षण गरिएका १० जनामा कोरोना सङ्क्रमण र इन्फ्लुएन्जा ‘बी’ नदेखिएको प्रतिवेदन प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोशी प्रदेश जनस्वास्थ्यका निर्देशक प्रकाश कार्कीले स्वाव परीक्षणका क्रममा भाइरल इन्फ्लुएन्जा ‘ए’ का बिरामी बढी देखिएपनि यो कुनै आत्तिनुपर्ने समस्या नभएको जानकारी दिनुभयो । विद्यार्थी बिरामी भएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

मेरिङदेन गाउँपालिका ५ थुकिमाका त्रिभुवन माध्यमिक विद्यालय र जन ज्योति आधारभूत विद्यालयका तीन सय बढि विद्यार्थी सहित केही शिक्षकहरू बिरामी भए पछि तीन दिनको लागि विद्यालय बन्द गरिएको छ । विद्यार्थीहरूमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, र पेट दुख्ने जस्ता लक्षण देखिएको थियो ।

भाइरल इन्फ्लुएन्जा भाइरसले फ्लु जस्ता सङ्क्रमणका कारणले यस्तो अवस्था हुनसक्ने भएको भन्दै परीक्षणका लागि विराटनगरबाट किट झिकाइएको र सो नमुना परीक्षण ल्याब टेस्टका लागि विराटनगर पठाइएको थियो ।

प्रकाशित मिति : 7:21 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला