मेरिङ्देनको दुई विद्यालयका विद्यार्थीमा देखिएको समस्या भाइरल इन्फ्लुएन्जा ‘ए’ भएको पुष्टि



ताप्लेजुङ। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीमा देखिएको समस्या भाइरल इन्फ्लुएन्जा ‘ए’ को भएको पुष्टि भएको छ । मेरिङदेन गाउँपालिकाको वडा नं. ५ थुकिमाका दुई विद्यालयका विद्यार्थीमा देखिएको स्वास्थ्य समस्या पछि त्यहाँका बिरामी विद्यार्थीको स्वाव सङ्कलन गरी परीक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको परीक्षण प्रतिवेदन आएको हो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार १० जनाको स्वाव परीक्षण प्रतिवेदन प्राप्त भएकोमा ७ जनामा भाइरल इन्फ्लुएन्जा ‘ए’ भएको पुष्टि भएको छ । स्वाव सङ्कलन गरिएका मध्ये परीक्षण गरिएका १० जनामा कोरोना सङ्क्रमण र इन्फ्लुएन्जा ‘बी’ नदेखिएको प्रतिवेदन प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोशी प्रदेश जनस्वास्थ्यका निर्देशक प्रकाश कार्कीले स्वाव परीक्षणका क्रममा भाइरल इन्फ्लुएन्जा ‘ए’ का बिरामी बढी देखिएपनि यो कुनै आत्तिनुपर्ने समस्या नभएको जानकारी दिनुभयो । विद्यार्थी बिरामी भएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

मेरिङदेन गाउँपालिका ५ थुकिमाका त्रिभुवन माध्यमिक विद्यालय र जन ज्योति आधारभूत विद्यालयका तीन सय बढि विद्यार्थी सहित केही शिक्षकहरू बिरामी भए पछि तीन दिनको लागि विद्यालय बन्द गरिएको छ । विद्यार्थीहरूमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, र पेट दुख्ने जस्ता लक्षण देखिएको थियो ।

भाइरल इन्फ्लुएन्जा भाइरसले फ्लु जस्ता सङ्क्रमणका कारणले यस्तो अवस्था हुनसक्ने भएको भन्दै परीक्षणका लागि विराटनगरबाट किट झिकाइएको र सो नमुना परीक्षण ल्याब टेस्टका लागि विराटनगर पठाइएको थियो ।

प्रकाशित मिति : 7:21 pm

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा