पहिलो सहिद कपको उपाधी मुकेश मेमोरियललाई




रेडियो काबेली
ताप्लेजुङ । पहिलो सहिद कपको उपाधी मुकेश मेमोरियल क्लब (एमएमसी) ले चुमेको छ । शनिबार नेकपा माओवादी केन्द्र सिरिजंघा गाउँपालिका वडा नं. ३ सिकैँचाको आयोजना भएको पहिलो सहिद कप पुरुष भलिबल प्रतियोगितामा कुञ्जारीलाई पराजित गर्दै एमएमसीले उपाधी चुमेको हो । सहिद सप्ताहको अवसरमा खेलाईएको प्रतियोगितामा विजेता भएसँगै एमएमसीले नगद १० हजार पाँच सय सहित प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको कुञ्जारी क्लबले नगद ५ हजार सहित प्रमाणपत्रमा चित्त बुझाएको छ ।


नेकपा माओवादी केन्द्र सिरिजंघा गाउँपालिका सह–सचिव हेमन्त पौडेलका अनुसार प्रतियोगितामा एमएमसी सहित फावाखोला स्पोर्टिङ क्लब, बोखिम स्पोर्टिङ क्लब, कुञ्जारी स्पोर्टिङ क्लब , तेल्लोक स्पोर्टिङ क्लब र हेन्छेबुङ स्पोर्टिङ क्लब गरि ६ वटा क्लबको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिता सँगै ६ सहिद परिवारलाई सम्मान समेत गरिएको छ ।


सशस्त्र जनआन्दोलनको बखत सहिद भएका सिरिजंघा ३ सिकैँचाकाका तिर्थ नेपाल, अशोक निरौला, शिव कुमार काङवा, सन्तोष बुढाथोकी, इन्द्र पौडेल र कविराज योङ्हाङको परिवारलाई दोसल्ला एवं सम्मान पत्रले सम्मान गरिएको हो ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज खेल प्रसाद बुढाक्षेत्री परागको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार २१:१६

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान

आज नागपञ्चमी पर्व, घरका मूलढोकामा नाग टाँसेर मनाइँदै

ताप्लेजुङ । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर

ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्

ताप्लेजुङ गोल्ड कप : टिकट बिक्रीको भयो सम्झौता, आयोजकलाई लङ्वाले बुझाए ७५ प्रतिशत रकम 

ताप्लेजुङ । तेश्रो ताप्लेजुङ गोल्ड कपका लागि टिकट बिक्रीको जिम्मेवारी

ढङढङ्गे झरनाको उत्कृष्ट भिडियो बनाउनेलाई २० हजार पुरस्कार

ताप्लेजुङ । ढङढङ्गे झरनाको एक मिनेटसम्मको उत्कृष्ट भिडियो बनाउनेलाई २०