नेकपा माओवादी केन्द्र मिक्वाखोला गाउँपालिका कमिटीको अध्यक्षमा लामा



साहारा लिम्बू
ताप्लेजु । नेकपा (माओवादी केन्द्र) मिक्वाखोला गाउँपालिका कमिटीको अध्यक्षमा डण्डु लामा चयन हुनु भएको छ । गाउँपालिकाको तेश्रो अधिवेशनबाट लामा सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो ।

उहाँको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा ऐश्वर्यराज थापा, दिपक लिम्बू र मनकुमार भुजेल चयन हुनु भएको छ । सचिवमा बिनोद साँवा र सहसचिवमा रनजध्वोज थलङ चयन हुनु भएको छ ।

पालिका कमिटीको अधिवेशनमा केन्द्रीय सदस्य तथा वाइसिएल अध्यक्ष सुबोध श्रीपाइली, केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुडाक्षेत्री ९पराग० वैकल्पिक केन्द्रीय सदस्यद्वय बिजयप्रकाश वनेम, मिङमा डण्डु शेर्पा लगायत प्रदेश तथा जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी केन्द्रले ९ ओटा स्थानीय तह रहेको ताप्लेजुङमा ५ ओटा पालिकाको अधिवेशन सम्पन्न गरेका छन् । यसअघि सम्पन्न फुङलिङ नगरपालिका कमिटीको अध्यक्षमा जितेन चेम्जोङ, पाथीभरा याङवरक गाउँपालिकाको कमिटीको अध्यक्षमा हर्क लिम्बू, सिरिजंघा गाउँपालिका कमिटीको अध्यक्षमा ज्ञानु ताम्लिङ, मैवाखोला गाउँपालिका कमिटीको अध्यक्षमा चन्द्र तामाङ चयन हुनु भएको छ ।

यस्तै आगामी फागुन १६ गते सिदिङबा गाउँपालिका र २४ गते फक्ताङलुङ गाउँपालिकाको पालिका अधिवेशन गर्ने तयारी भइरहेको नेकपा माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ । केन्द्रका अनुसार दुईओटा पालिका मेरिङदेन र आठराई त्रिवेणीको भने मिति तय हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : 6:29 pm

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल