नेकपा माओवादी केन्द्र मिक्वाखोला गाउँपालिका कमिटीको अध्यक्षमा लामा



साहारा लिम्बू
ताप्लेजु । नेकपा (माओवादी केन्द्र) मिक्वाखोला गाउँपालिका कमिटीको अध्यक्षमा डण्डु लामा चयन हुनु भएको छ । गाउँपालिकाको तेश्रो अधिवेशनबाट लामा सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो ।

उहाँको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा ऐश्वर्यराज थापा, दिपक लिम्बू र मनकुमार भुजेल चयन हुनु भएको छ । सचिवमा बिनोद साँवा र सहसचिवमा रनजध्वोज थलङ चयन हुनु भएको छ ।

पालिका कमिटीको अधिवेशनमा केन्द्रीय सदस्य तथा वाइसिएल अध्यक्ष सुबोध श्रीपाइली, केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुडाक्षेत्री ९पराग० वैकल्पिक केन्द्रीय सदस्यद्वय बिजयप्रकाश वनेम, मिङमा डण्डु शेर्पा लगायत प्रदेश तथा जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी केन्द्रले ९ ओटा स्थानीय तह रहेको ताप्लेजुङमा ५ ओटा पालिकाको अधिवेशन सम्पन्न गरेका छन् । यसअघि सम्पन्न फुङलिङ नगरपालिका कमिटीको अध्यक्षमा जितेन चेम्जोङ, पाथीभरा याङवरक गाउँपालिकाको कमिटीको अध्यक्षमा हर्क लिम्बू, सिरिजंघा गाउँपालिका कमिटीको अध्यक्षमा ज्ञानु ताम्लिङ, मैवाखोला गाउँपालिका कमिटीको अध्यक्षमा चन्द्र तामाङ चयन हुनु भएको छ ।

यस्तै आगामी फागुन १६ गते सिदिङबा गाउँपालिका र २४ गते फक्ताङलुङ गाउँपालिकाको पालिका अधिवेशन गर्ने तयारी भइरहेको नेकपा माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ । केन्द्रका अनुसार दुईओटा पालिका मेरिङदेन र आठराई त्रिवेणीको भने मिति तय हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : 6:29 pm

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ