रेडियो काबेली
ताप्लेजुङ । जिल्लामा घाईते कस्तुरीको उद्दार गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा घाईते अबस्थामा भेटिएको पोथी कस्तुरीको विहीबार उद्दार गरिएको हो । जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबि रावलका अनुसार घाईते कस्तुरीको इलाका प्रहरी कार्यलय ओलाङ्चुङगोलाले उद्दार गरेको होे । उद्दार गरिएको कस्तुरीलाई सामान्य उपचारपछि सुरक्षित बास्थान तर्फ छोडिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ । जङगली जनावर मलसाप्रोको आक्रमणका कारण घाइते कस्तुरीको कन्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारीको सहकार्यमा उद्दार गरिएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिनुभयो ।
प्रतिक्रिया