यातायात बन्द फिर्ता




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबकारको विषयलाई लिएर बिहिबार काफ्लेपाटीमा घाईते लिन गएको गाडी तोडफोड र चालक माथि भएको कुटपिटको विषयलाई लिएर यातायात व्यवसायीले गरेको यातायात बन्द फिर्ता भएको छ । शुक्रबार यातायात व्यवसायी र आन्दोलनरत पक्ष बिच छलफल भई आन्दोलनरत पक्षलले गाडीको मर्मत र घाईते चालकको उपचार गर्ने सहमति भएसँगै यातायात बन्द फिर्ता भएको ताप्लेजुङ पाथीभरा यातायात प्रालिका कर्मचारी सरन लाबुङले जानकारी दिनुभयो ।

बिहिबार प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी र मानव अधिकारकर्मी चढेको मे १ ज २५७९ को गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए । सोही क्रममा गाडी चालक राज कुमार पौडेल माथि मरणासन्न हुने गरि कुटिपिट गरेका थिए । उहाँको जिल्ल अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि झापाको विर्तामोडस्थित विएण्डसि अस्पतालमा उपचार भई रहेको छ । उक्त घटनालाई लिएर यातायात व्यवसायीले पुर्वाञ्चलन यातायात बन्दको आह्वान गरेका थिए ।

प्रकाशित मिति : 5:37 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम