यातायात बन्द फिर्ता




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबकारको विषयलाई लिएर बिहिबार काफ्लेपाटीमा घाईते लिन गएको गाडी तोडफोड र चालक माथि भएको कुटपिटको विषयलाई लिएर यातायात व्यवसायीले गरेको यातायात बन्द फिर्ता भएको छ । शुक्रबार यातायात व्यवसायी र आन्दोलनरत पक्ष बिच छलफल भई आन्दोलनरत पक्षलले गाडीको मर्मत र घाईते चालकको उपचार गर्ने सहमति भएसँगै यातायात बन्द फिर्ता भएको ताप्लेजुङ पाथीभरा यातायात प्रालिका कर्मचारी सरन लाबुङले जानकारी दिनुभयो ।

बिहिबार प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी र मानव अधिकारकर्मी चढेको मे १ ज २५७९ को गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए । सोही क्रममा गाडी चालक राज कुमार पौडेल माथि मरणासन्न हुने गरि कुटिपिट गरेका थिए । उहाँको जिल्ल अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि झापाको विर्तामोडस्थित विएण्डसि अस्पतालमा उपचार भई रहेको छ । उक्त घटनालाई लिएर यातायात व्यवसायीले पुर्वाञ्चलन यातायात बन्दको आह्वान गरेका थिए ।

प्रकाशित मिति : 5:37 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ