काफ्ले पार्टीमा पुन: झडप, १३ जना घाइते



ताप्लेजुङ । ताप्लेजुङको काफ्ले पार्टीमा आज पुन झडप भएको छ। प्रहरी र आन्दोलनरत पक्षबीच झडपको स्थिति सिर्जना भएको हो। 

गत माघ ६ गतेबाट सुरु भएको शान्तिपूर्ण पदयात्रा आज टुङ्ग्याउने दिन झडप भएको हो । झडपको क्रममा एकजना आन्दोलनरत पक्षका युवा घाइते हुनुभएको छ भने, सुरक्षाकर्मीका ११ जान घाइते भएका छन् । यो सँगै उक्त घाइतेहरूको उद्धारका लागि गएका एम्बुलेन्स र गाडी मध्ये आन्दोलनरत पक्षले गाडीमा तोडफोड सँगै चालकलाई कुटपिट गरेका छन् । गाडी चालक शक्त घाइते भएको बताइएको छ ।

नो केबलकार समूहले आज आयोजना गरेको पदयात्रा कार्यक्रमको समूह चाहिँ केबलकार निर्माणस्थलमा प्रवेश गर्न खोजेका थिए । सो क्रममा प्रहरीले निर्धारण गरेको निषेधित दूरीभन्दा केही अगाडि जबरजस्ती बढ्न खोजेपछि झडपको स्थिति सिर्जना भएको हो । उक्त स्थितिलाई संयमता अपनाउनका लागि प्रहरीले ७ राउन्ड अश्रु ग्याससमेत प्रहार गरिएको थियो । यस पछि स्थिति कोणसभामा परिणत भएको थियो । 

कोणसभा सकिए पछि पनि आन्दोलनरत पक्ष नफर्किए पछि त्यहाँको स्थिति नाजुक नै रहेको छ । गत माघ १२ गते पनि प्रहरी र ‘नो केबलकार’ पक्षधरबीच झडप भएको थियो । 

प्रकाशित मिति : 6:12 pm

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ