आस्था, धर्म, संस्कृति र पहिचान भित्र अधिकारको द्वन्द्व




ई. वीरेन्द्र श्रेष्ठ
ताप्लेजुङ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु अघि ताप्लेजुङ् क्षेत्र पाँचथर, इलाम हुँदै संखुवासभा सम्म फैलिएको धेरै राज्यहरु मध्ये एक राज्य थियो । ताप्लेजुङ पूर्वी नेपालको लिम्बू जातिहरू बसोबास गर्ने राज्यहरूको समूह अन्तर्गत पथ्र्यो । लिम्बूवानमा १० ठूला राज्यहरू थिए, जसलाई सामूहिक रूपमा लिम्बू राजाहरू (सुभा, याङवार, तुम्याहाङ) ले शासन गर्थे । ताप्लेजुङ विशेष रूपमा “याङवरोक“ राज्य अन्तर्गत थियो । गोरखासँग राजनीतिक सम्झौता भएपछि लिम्बुलाइ किपटको भोगाधिकार दिने सर्तमा यो क्षेत्र नेपालको एक भाग बन्यो ।


उ बेला देखी, नेपाल बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक विविधताले भरिएको देश बनेको हो । यहाँ आदिकालदेखि नै आदिवासी समुदायको गहिरो धार्मिक र सांस्कृतिक पहिचान रहिआएको छ । लिम्बू समुदायको धार्मिक ग्रन्थ “मुन्धुम“ उनीहरूको सभ्यता, जीवनदर्शन, र सांस्कृतिक आस्थाको मूल आधार हो । किरात धर्मावलम्बीहरूको लागि मुकुम्लुङ केवल एउटा धार्मिक स्थल मात्र होइन, बरु यो किरात सभ्यताको मूलस्थल, आस्था, इतिहास, र परम्पराको केन्द्र हो।

नेकपा माओवादीले रोपेको जातीय र वर्गीय आन्दोलनको बिज आफैले फागुन १७, २०७९ मा प्रदेश ३१ को नाम कोशी राख्न सहमत जनाएपछि, पहिचानवादीहरूले यसको विरोधमा आन्दोलन सुरु गरे । उनीहरूको माग थियो कि प्रदेशको नामकरण जातीय, भाषिक, र सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्ने गरी हुनुपर्छ। यस क्रममा विभिन्न सहरहरूमा प्रदर्शनहरू भए, जसमा एक जनाको ज्यान पनि गएको छ ।


पछिल्ला दिनहरूमा पाथीभरा केवलकार परियोजनाको कारण पाथीभरा (मुकुम्लुङ) को धार्मिक अस्तित्व संकटमा परेको मानिएको छ । नेपाल सरकारले व्यवसायिक पर्यटन प्रवद्र्धनको नाममा पाथीभराको पवित्र स्थलमा केवलकार निर्माणको योजना अघि बढाउन स्वीकृति दिएको छ, जसले आदिवासी समुदायको धार्मिक अधिकार, सामाजिक पहिचान, र सांस्कृतिक अस्तित्वमा ठूलो आघात पु¥याउने खतरा निम्त्याएको भन्ने आम बुझाई छ ।


मुन्धुम र मुकुम्लुङः किरात सभ्यताको ऐतिहासिक आधार
मुन्धुम के हो?
मुन्धुम लिम्बू जातिको धर्म, इतिहास, परम्परा, र विश्वदृष्टिको आधिकारिक ग्रन्थ हो । हिन्दू धर्ममा वेद जस्तै, किरात धर्ममा मुन्धुमलाई आध्यात्मिक ज्ञान, सामाजिक संरचना, जीवनपद्धति, र नैतिक शिक्षाको मूल स्रोत मानिन्छ ।
मुकुम्लुङको परिभाषा र महत्व
मुकुम्लुङ लिम्बूहरूको पवित्र स्थल हो। किरात धर्ममा “मुकुम“ भनेको पवित्र र “लुङ“ भनेको शिला (ढुंगा) हो । यसको अर्थ “पवित्र शिला“ भन्ने बुझिन्छ ।
मुन्धुम अनुसार, मुकुम्लुङ भनेको किराँत धर्मको उत्पत्तिस्थल हो, जहाँ भगवान यानेकी निवाफुमाङले पहिलोपटक मानव जातिलाई धर्म, नीति, र न्यायको शिक्षा दिएका थिए ।

मुकुम्लुङ र किरात सभ्यता
मुकुम्लुङ किरात धर्मावलम्बीहरूको तीर्थस्थल हो।
किरात सभ्यताको धार्मिक, ऐतिहासिक, र सांस्कृतिक मूल आधार यहीँ स्थापित छ।
किरात माङ (देवी–देवता) हरूको पूजा यसै स्थानमा गरिन्छ।
मुकुम्लुङलाई स्वर्गीय शक्ति प्राप्त गर्ने स्थान मानिन्छ।
किरात राजा यलम्बर ले मुकुम्लुङमा पूजा गर्ने गरेको मानिएको छ।
मुन्धुम अनुसार, मुकुम्लुङ नै किरात सभ्यताको पहिलो केन्द्र हो ।

पाथीभरा केवलकार परियोजनाको ऐतिहासिक पृष्ठभूमि

पाथीभरा देवीको मन्दिर नेपालका प्रमुख धार्मिक गन्तव्यहरूमध्ये एक हो। प्रत्येक वर्ष लाखौं भक्तजनहरु पाथीभराको दर्शन गर्न आउँछन्।  धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न समूह हुदै आईएमई ग्रुपको नेतृत्वमा पाथीभरा केवलकार कम्पनीले केही बर्ष यता केवलकार निर्माणको प्रस्ताव अघि सारेको छ । मुलतः स्थानीय सरोकारवालाहरुको आवाजको यथोचित सुनुवाइ नभैरहेको अवस्थामा अस्वभाविक मुल्यमा जग्गा खरिद हुनुले आयोजना कम्पनी माथी स्थानीयहरुको विश्वसनीयतामा ठूलो स्खलन आएको मानिन्छ । आयोजना निर्माण गर्दा आउने हरेक समस्याहरुको मुल समन्वयकर्ता आयोजना कम्पनी नै हुनु पर्नेमा स्थानीय सरकार र जिल्ला प्रशासनले मुख्य नेतृत्व गरिरहेको देखिन्छ । यसले आयोजना कम्पनी र नो केवलकार समूह बिचको खाल्डो झनै गहिरो बन्दै गएको देखिएको छ ।


नेपालमा जनताको आवश्यकतासग गासिएका थुप्रै आयोजनाहरु आजको दिनमा पनि पब्लिक अवरोधका कारणले थला परिरहेका छन तर यो केवलकार परियोजनालाई नेपाल सरकार, स्थानीय प्रशासन, र केही राजनीतिज्ञहरूको गहिरो सहयोग प्राप्त भए पनि किरात धर्मावलम्बीहरू, स्थानीय लिम्बू समुदाय, र केही धार्मिक समूहहरूले यसमा कडा विरोध जनाउँदै आएका छन् । निर्माण पक्ष हावी भए ? यसले ठूलै सामाजिक बिखण्डन ल्याउने संकेत समेत देखाइसकेको छ ।

आदिवासी धार्मिक अधिकार र राज्यको भुमिका
नेपालको संविधान अनुसार आदिवासी अधिकार
नेपालको संविधान, २०७२ ले आदिवासी जनजातिलाई निम्न अधिकार प्रत्याभूत गरेको छ
१. धार्मिक आस्था र संस्कृति जोगाउने अधिकार (अनुच्छेद २६)
२. धार्मिक स्थलको संरक्षण र संवर्धन गर्ने राज्यको दायित्व
३. मौलिक पहिचान र परम्परागत विश्वासको रक्षा गर्ने कानुनी प्रत्याभूति
तर पाथीभरा केवलकार परियोजनाले यी अधिकारहरूको उल्लङ्घन गरेको किरात समुदायको आरोप छ।

मुकुम्लुङको व्यावसायीकरण गर्ने प्रयास
पाथीभरालाई स्वायत्त एक देबिस्थल मात्र मानेर केवलकार निर्माण गर्न खोज्नु किरात धर्मको अपमान मानिएको छ ।
आआफ्नो बुझाई र भाषाअनुसारका नामले मौलिक नाम र पहिचानको अपब्याख्या गरिनु मनासिब नहुने जिकिर छ । चीनले आफुलाई चुङ्को भन्छ, अंग्रेजÞहरु चाईना भन्छन भने रुसले किताई । अब कुन सहि र कुन गलत ?

पवित्र स्थललाई पर्यटनको नाममा व्यवसायीकरण गर्नु आस्था र धार्मिक मूल्यहरूसँग बाझिन्छ ।
जुनसुकै सभ्यताको भएपनी, ऐतिहासिक स्थललाई नष्ट गर्न खोज्नु संविधान विपरीत कदम हो।
केवलकार परियोजनाको विवाद
’नो केवलकार’ आन्दोलन’
स्थानीय किरात धर्मावलम्बी समूहले “नो केवलकार“ अभियान सञ्चालन गर्दै आएका छन्।

विरोधका प्रमुख कारणहरू
धार्मिक स्थलको अपमानः मुकुम्लुङ केवल धार्मिक तीर्थस्थल मात्र नभई, एक ऐतिहासिक धरोहर पनि हो ।
पर्यावरणीय प्रभावः केवलकारले मुकुम्लुङ क्षेत्रमा प्राकृतिक सन्तुलन बिथोल्न सक्छ ।
आदिवासी पहिचानको संकटः मुकुम्लुङ किरात धर्मको केन्द्र भएकाले यसको अस्तित्व मेटिँदा सम्पूर्ण किराँत सभ्यता संकटमा पर्न सक्छ ।

पारदर्शीता अभावः

परियोजनाको आर्थिक व्यवस्थापन अपारदर्शी छ यसको मुख्य अपारदर्शी आधार जग्गा खरिद प्रक्रिया हो भने आयोजना स्थलको जग्गामा यति अपारदर्शी हुन्छ भने तेस्रो मुलुकबाट खरिद हुने मेसिनमा कुन स्तरको अपारदर्शीता हुन्छ ? मनन्योग्य बिषय हो ।


केवलकारको कारण हिंसा र अन्योल
पटकपटक सरकार पक्ष (स्थानीय सरकार ÷ जिल्ला प्रशासन) र नो केवलकार पक्ष बीच मात्र संबाद र छलफल हुनु र आयोजना कम्पनी पर्दा पछाडी रहनु ।
केवलकारको करिडोरका रुखहरु कटानबाट सृजित यातायात बन्द खुलाउन जिल्ला प्राशसन ताप्लेजुङको नेतृत्वमा भएको सहमतिको पटकपटक उल्लंघन ।
सिलान्यासको दिन भएको झडप र यसमा हताहत भएकाहरु माथीको दुव्र्यव्यबहार ।
केवलकारको विरोधमा माघ १२, २०८१ मा दुई पक्षबीच हिंसात्मक झडप।
नो केवलकार पक्षधरका ४ जना गोली लागी घाइते भए। एक जना बाहेक बाकी सबै अस्पतालबाट डिस्चार्ज भैसकेका ।
प्रहरी समेत घाइते ।
विरोधको बावजुद सरकारले एकतर्फी रूपमा काम अघि बढाएको आरोप।
सम्झौता बमोजिम बिरोध स्वरुप भएको आन्दोलनमा नो केवलकार पक्षधरका पक्राउ परेका युवाहरुलाई बिनासर्त रिहाई हुनु पर्ने स्थानमा आफ्नै प्रतिबद्धताको उपेक्षा गर्दै ताप्लेजुङमा थुनामा रहेकाहरु सग धरौटी लिएर मात्र रिहा ।
सरकार मध्यस्त रहि नागरिक र समाजको आवाज सुन्नु पर्ने स्थानमा आयोजना कम्पनीको मुखपत्र बनि सुरक्षा फौजको तैनाथीमा यस्ता बिलासी आयोजना बनाउन उद्धत रहनु शंकास्पद ।


अन्तर्राष्ट्रिय दृष्टान्तहरुः
धार्मिक युद्धहरू इतिहासभरि विभिन्न समयमा र स्थानमा भएका छन्। यी युद्धहरू प्रायः धार्मिक आस्था, राजनीतिक शक्ति, र सांस्कृतिक प्रभुत्वका कारण उत्पन्न भएका हुन् । तल केही प्रमुख धार्मिक युद्धहरूको विवरण प्रस्तुत गरिएको छः
१. क्रूसेडहरू (११औं–१३औं शताब्दी)ः क्रूसेडहरू युरोपेली ख्रीष्टियनहरूले पवित्र भूमी (जेरुसलम) मुस्लिमहरूबाट फिर्ता लिन थालेका सैन्य अभियानहरू थिए । यी युद्धहरूको मुख्य कारण धार्मिक आस्था भए पनि राजनीतिक र आर्थिक उद्देश्यहरू पनि संलग्न थिए ।

२. तीस वर्षे युद्ध (१६१८–१६४८)ः यो युद्ध मुख्यतः पवित्र रोमन साम्राज्यको क्षेत्रमा प्रोटेस्टेन्ट र क्याथोलिक राज्यहरूबीच भएको थियो । धार्मिक विभाजनका साथै राजनीतिक शक्ति संघर्षले पनि यस युद्धलाई प्रेरित ग¥यो।

३. फ्रान्सका धार्मिक युद्धहरू (१५६२–१५९८)ः फ्रान्समा क्याथोलिक र ह्युगनोट (प्रोटेस्टेन्ट) समुदायहरूबीच भएका यी युद्धहरू धार्मिक असहिष्णुताका कारण उत्पन्न भएका थिए।

४. भारतको धार्मिक विभाजन (१९४७)ः ब्रिटिश भारतको विभाजनपछि हिन्दू र मुस्लिम समुदायबीच ठूलो हिंसा भयो, जसमा लाखौं मानिसहरूको मृत्यु भयो र करोडौं विस्थापित भए ।

५. इस्रायल–प्यालेस्टाइन संघर्ष (२०औं शताब्दी–हालसम्म)ः यो संघर्ष यहूदी र मुस्लिम समुदायबीच पवित्र भूमिको स्वामित्व र धार्मिक आस्थाका कारण जारी छ । फिलिस्तीन–इजरायल द्वन्द्व ले देखाएको छ कि धार्मिक स्थलहरूमा हस्तक्षेप गर्दा दिर्घकालीन संघर्ष निम्तिन्छ ।

यरूशलम विश्वका केहि प्रमुख धर्महरूको पवित्र स्थल हो। इजरायल–प्यालेस्टाइन विवाद धार्मिक र ऐतिहासिक स्थलहरूको स्वामित्वकै कारण चर्किएको हो। नेपालमा पनि धार्मिक स्थलहरूको सम्मान नगर्ने हो भने स्थानीय समुदाय र राज्यबीचको विश्वास संकटमा पर्न सक्छ । राज्यको अत्यावश्यक सेवाहरु (खानेपानी, सडक, अस्पताल, बिद्युत, सिचाई आदि)का सेवाहरुमा समेत सार्वजनिक सुनुवाइ गरि सकेसम्म विपक्षी आवाजहरुलाई मनाएर मात्र आयोजनाको स्वीकृति दिइने आम चलन रहि आएको छ ।

वैकल्पिक उपायहरू र यसका समाधानका सम्भावनाः
मुकुम्लुङ संरक्षणका लागि आवश्यक कदमहरू:
ताप्लेजुङ् पट्टिको सडक साघुरो रहेको र अहिले पैदल यात्राबाटै दर्शन गर्न गैरहदा समेत सिजनमा दैनिक तीन चारहजार सम्म सवारी साधन ताप्लेजुङ् जाने भएकोले, “पिक डे“ मा सवारी चापको कारण अहिले नै सडक ओभरलोड रहने ।
तल्लो फेदीदेखि मन्दिरसम्मको सिडिहरुको उचाई एकनासे बनाउने, खानेपानी (तातो ÷चिसो), सफा ट्वाईलेट पानीसहितको, औषधि सहितका स्वास्थकर्मी, एम्बुलेन्स, उद्दारकर्मी, यथोचित र सुरक्षित पार्किङ, साकाहारी भोजनालय, पानीको स्रोतको उचित ब्यबस्थापन आदि अनिवार्य मिलाईनु पर्ने ।


पाथीभराको फेदिसम्मको सडक बिस्तार गरि आरामदायी यातायात सुविधाको ब्यबस्थापन मिलाउने।
पाथीभराको मुल्य मान्यतालाई अक्षुण राख्दै मुकुम्लुङलाई आधिकारिक रूपमा किरात धार्मिक स्थलको मान्यता दिने ।
पर्यटन विकास गर्दा स्थानीय समुदायको भावना र आस्था ख्याल राख्ने ।


राज्यले आदिवासी अधिकारको रक्षा गर्दै विकासका वैकल्पिक मोडेल अपनाउने।
अत्यावश्यक सेवाका आयोजना बाहेक, स्थानीय आदिवासी समुदायको सहमतिबिना कुनै पनि परियोजना अघि नबढाउने।
ताप्लेजुङ् प्राकृतिक रुपले अत्यन्तै उर्वर र स्रोतहरुले भरिपुर्ण जिल्ला हो । जलस्रोत, साहसिक र आध्यात्मिक पर्यटन, आधुनिक कृषि (खाद्यान्न, फलफुल, तरकारी र जडिबुटी आदि), शिक्षामा यथोचित सम्भाब्यता अध्ययन गरि प्राथमिकताका आधारमा अगाडी बढ्न बढाउन जरुरी भैसकेको छ ।


कुनै पनि ब्यक्ति, समूह वा मुलुकको पहिचान नितान्त उसको गहना हो । प्राचीन सभ्यतामा बिकास भएको वा मौलिकतामा हुर्किएको पहिचान नै बिकसित र शभ्य मुलुकको गौरव हो । यसर्थ नाम, आस्था, धर्म र संस्कृतीको सम्मान गर्नु नै लोकतान्त्रिक सरकार र सभ्य समाजका सभ्य ब्यक्तिको पहिचान हो ।


“मुन्धुम केवल धार्मिक ग्रन्थ होइन, लिम्बू सभ्यताको आत्मा हो । मुकुम्लुङ केवल ढुंगा होइन, यो किरात धर्मको पहिचान हो। आस्था कुल्चिएर बनाईएको केवलकार केवल प्रविधि होइन, यो आदिवासीको आस्थासँगको संघर्ष हो।“


नेपाल जस्तो बहुसांस्कृतिक देशमा अत्यावश्यक सेवाका आयोजनाहरु बाहेक, धार्मिक स्थलहरूमाथि हस्तक्षेप गर्दा गहिरो सामाजिक विभाजन निम्तिन सक्ने भएकोले समयमै यसको यथोचित ब्यबस्थापन हुन जरुरी भैसकेको छ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार २१:४०

छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमलाई

ताप्लेजुङ् । छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ

“अञ्जिला प्रिमियर शो” का एक दर्शक

ई. वीरेन्द्र श्रेष्ठताप्लेजुङ । मुन लभ इन्टरटेन्मेन्ट प्रा. लि. द्वारा

ताप्लेजुङमा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

ताप्लेजुङ। ताप्लेजुङमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

ताप्लेजुङमा मर्यादित होली मनाउन जिल्ला प्रशासनको आग्रह

ताप्लेजुङ। ताप्लेजुङमा जबरजस्ती नगरी होली खेल्न आग्रह गरिएको छ ।

ताप्लेजुङको मेहेलेमा आगलागी हुँदा ६ लाख क्षति

ताप्लेजुङ । ताप्लेजुङको मेहेलेमा आगलागी हुँदा ६ लाख रुपियाँको क्षति