रेडियो काबेली सञ्चालक समितिका अध्यक्ष लिबाङ् सहित तीन जना पत्रकार पुरस्कृत 



ताप्लेजुङ । रेडियो काबेलीका सञ्चालक समितिका अध्यक्ष लोकेश लिबाङ् सहित तीन जना पत्रकार पुरस्कृत तथा सम्मानित भएका छन् । प्रेस चौतारी नेपालले आफ्नो २७औं स्थापना दिवसको अवसरमा उहाँहरूलाई सम्मान गरेको हो । 

 प्रेस चौतारी नेपाल पुरस्कारबाट पत्रकार लोकेश लिबाङ सम्मानित हुनुभएको छ । जयमती कर्णबहादुर पुरस्कार २०८१ बाट नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ पुरस्कृत हुनुभएको छ । यस्तै भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कारबाट २०८१ नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष मदन गौतम पुरस्कृत हुनुभएको छ ।

उहाँहरूलाई जनही नगद १० हजार १ सयको दर सहित प्रमाण पत्र र दोसल्ला उडाएर सम्मान तथा पुरस्कृत गरिएको प्रेस चौतारी ताप्लेजुङका अध्यक्ष बसन्त पालुङवाले जानकारी दिनुभएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघु पुर्ख्यौली घर भइ हाल काठमाडौँ निवासी समाजसेवी तथा व्यावसायी बलबहादुर तामाङले आफ्नी आमा जयमती तथा बुबा कर्णबहादुरको सम्मानमा जयमती कर्णबहादुर पत्रकारीता पुरस्कार अक्षयकोष स्थापना गर्नु भएको हो । 

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवा पुर्ख्यौली घर भइ हाल काठमाडौँ निवासी समाजसेवी तथा पर्यटन व्यवसायी ईश्वरी पौडेलले आमा भीमादेवी र बुबा अग्निप्रसाद सम्मानमा भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार स्थापना गर्नु भएको हो । साथै प्रेस चौतारी नेपाल पुरस्कार भने प्रेस चौतारी ताप्लेजुङले आफ्नै स्रोतबाट व्यवस्थापन गरेको अध्यक्ष लिम्बूको भनाई छ । 

यातायात बन्दका कारण लोकेश लिम्बू र राजेन्द्र श्रेष्ठ भने कार्यक्रममा अनुपस्थित भए । उहाँहरूको पुरस्कार आफन्तले ग्रहण गरेका थिए । प्रेस चौतारी नेपालले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गर्दै आएको प्रेस चौतारी अध्यक्ष बसन्त लिम्बूले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 8:31 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर