केबलकार विवाद :गृह मन्त्रालयद्धारा वार्ता टोली गठन, आन्दोलनका कार्यक्रम फिर्ता गरी वार्तामा आउन आह्वान




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निमार्णाधीन केबलकारको विवाद समाधान गर्न गृह मन्त्रालयले वार्ता टोली गठन गरेको छ । आईतबार आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको हो । गठित वार्ता टोलीले आईतबार (आज) बाटै काम गर्ने गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


आन्दोलनरत पक्षहरूलाई समेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्याको समाधान गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ । यस अघि गृह मन्त्रालयले गत माघ १८ गते शनिबार केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत पर्ने भएको भन्दै समस्याको समाधान गर्न आवश्यक समन्वय र सहजिकरण गर्न पत्र लेखेको थियो ।

तर सामान्य प्रशासन मन्त्रालयले उक्त समस्या बहूपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकाय सहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्नु उपयुक्त हुने व्यहोराको पत्र गृह मन्त्रालयमा प्राप्त भएकोले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयले कदम अघि बढाउन वार्ता टोली गठन गरेको जनाएको छ ।


विज्ञप्तीमा लेखिएको छ,“ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधानका लागि माननीय गृहमन्त्रीज्यूबाट पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाहरूबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा सदस्यलगायत अन्य सरोकारवाला पक्षसँग पटक पटक छलफल र संवाद गर्नुभएको ।

नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केवलकार सम्बन्धी नीति, कानून र मापदण्डको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकोले केवलकार निर्माणको विषयमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयहरूलाई समेत ध्यान दिँदै सबै सरोकारवालाहरूसँग समन्वय र सहजीकरण गरी उक्त समस्याको समाधान गर्न तत्काल पहल अगाडि बढाइदिन यस मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको थियो ।

उक्त समस्या बहूपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकाय सहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्नु उपयुक्त हुने व्यहोराको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको हुँदा वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको छ । गठित वार्ता टोलीले आजैबाट कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षहरूलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्याको समाधान गर्न गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।”


गत माघ १२ गते शनिबार पाथीभराको बलु डाँडामा आन्दोलनरत पक्ष र प्रहरी बिच झडप हुँदा प्रहरी सहित आन्दोलनकारी समेत घाईते भएका थिए । झडप पश्चात गत माघ १५ गते मंगलबार देखी विभिन्न माग राख्दै आन्लोनरत पक्षले बन्दका कार्यक्रम घोषणा गरेका छन् । सोही अनुसार आईतबार (आज) र सोमबार पुर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्दको आह्वान गरेका छन् ।

प्रकाशित मिति : 10:57 pm

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय