केबलकार विवाद : दमकमा प्रहरी र बन्दकर्ता बिच झडप, १० बन्दकर्ता पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकार खारेजीको माग गर्दै आन्दोलनरत पक्ष र प्रहरी बिच दमकमा झडप भएको छ । आन्दोलनरत पक्षले सगरमाथा यातायातमा ढुङ्गा हानेर तोडफोड गर्न थालेपछि प्रहरी र बन्दकर्ताबीच झडप भएको हो । बन्दकर्ताले दुई वटा सवारी साधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

आन्दोलनरत पक्षले गाडीमा तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सडकमा यातायात अवरोध गर्दै हिँडेका ३ जना र गाडीमा तोडफोड गर्ने थप एक जना गरी ४ जना पक्राउ गरेको झापा प्रहरीले जनाएको छ।
त्यस्तै धरानबाट ६ जना बन्दकर्ता पक्राउ परेका छन्। बन्द गराउँदै हिँडेका समूहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।


केबलकार निर्माण खारेजीको माग गर्दै अरुणपूर्व ९ जिल्ला बन्दको कारण जनजीवन प्रभावित बनेको छ । केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षणसमिति साथै विभिन्न संघ, संस्था र राजनीतिक दलहरूको आह्वानमा भएको बन्दका कारण जनजीवन प्रभावित बनेको हो। उनीहरूले काफ्लेपाटीमा राखिएको सशस्त्र प्रहरी र प्रहरी फिर्ता गर्नुपर्ने, गोली लागेका घाइतेको आजीवन निर्वाहको व्यवस्थापन गरिनुपर्ने मागसहित माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आह्वान गरेका हुन् । २१ गतेसम्म यी माग पूरा नभए २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहडताल घोषणा गरेका छन्।


माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा आन्दोलनरत पक्ष र प्रहरी बिच झडप भएको थियो । स्थितीलाई नियन्त्रणमा प्रहरीले गोली नै चलाएको थियो । उक्त झडपमा प्रहरी सहित आन्दोलनरत पक्षका व्यक्तिहरु घाईते भएका थिए । बन्दको प्रभाव तराई क्षेत्रभन्दा पनि पहाडी क्षेत्रमा परेको प्रदेश प्रहरी कार्यालय विराटनगरका डीएसी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । पहाड भए पनि संखुवासभामा भने १० प्रतिशत मात्रै बन्दको प्रभाव परेको उनको भनाइ छ। तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा ९५ प्रतिशतले बन्दको प्रभाव परेको छ। सुनसरीमा २५ प्रतिशत बन्दको प्रभाव पर्दा मोरङ १० प्रतिशतले मात्रै बन्दको प्रभाव परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित मिति : २० माघ २०८१, आईतवार १९:१४

ताप्लेजुङका स्थानीय तहहरूले प्राथमिकता दिन थाले अल्लोलाई

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहहरूले अल्लोलाई प्राथमिकता दिन थालेका छन्

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ

ताप्लेजुङमा तमोर नदीले बगाएर बालिका बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालिका बेपत्ता भएका

वातावरण दिवस : ताप्लेजुङमा वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइयो

रेडियो काबेली  ताप्लेजुङमा । ताप्लेजुङमा पनि ५३ औँ विश्व वातावरण

ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु 

ताप्लेजुङ । ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ