केबलकार विवादः वार्ता मार्फत समस्याको समाधान गर्न एमाले ताप्लेजुङको आह्वान




रेडियो काबेली
ताप्लेजुङ । पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विवादलाई वार्ता मार्फत समस्याको समाधान गर्न नेकपा एमाले ताप्लेजुङले सम्बद्ध सबै पक्षलाई आह्वान गरेको छ । शनिबार एक प्रस विज्ञप्ती जारी गर्दै एमाले ताप्लेजुङले उक्त आह्वान गरेको हो ।


नेकपा एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमुद्धारा हस्ताक्षरीत विज्ञप्तीमा लेखिएको छ,“ मिति २०८१ माघ १२ गते ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधिन केवलकार निर्माणको विषयमा भएको विवाद तथा त्यसपछि घटेको घटनाको विषयलाई लिएर भएको वन्द हड्तालले नागरिकको जनजीवनमा असहज परिस्थिति सिर्जना भएको छ । यो अवस्थामा स्थानीय स्तरमा उठेका सवाल र सरोकारका विषयहरुलाई समेत ध्यानमा राखेर नेपाल सरकार र आन्दोलनरत पक्ष जिम्मेवार वन्दै वार्ता, सम्वाद र सहमति मार्फत उक्त समस्याको समाधान गरी नागरिकको स्वतन्त्रतापूर्वक जीवन निर्वाह गर्न पाउने अधिकारको सुनिश्चितताको लागि र नागरिक जनजीवन सामान्य अवस्थामा फर्काउन नेकपा (एमाले) जिल्ला कमिटी ताप्लेजुङ सम्वन्धित सबै पक्षसँग हार्दिक आव्हान गर्दछ ।”


गत शनिबार पाथीभराको बलु डाँडामा आन्दोलनरत पक्ष र प्रहरी बिच झडप हुँदा प्रहरी सहित आन्दोलनकारी समेत घाईते भएका थिए । झडप पश्चात गत माघ १५ गते मंगलबार देखी विभिन्न माग राख्दै आन्लोनरत पक्षले बन्दका कार्यक्रम घोषणा गरेका छन् । सोही अनुसार आईतबार (भोली) र सोमबार पुर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्दको आह्वान गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार २१:३६

ताप्लेजुङमा हट्यो निषेधाज्ञा र कर्फ्यु

ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङमा पछिल्लो चार दिनदेखि लगातार

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला