केबलकार विवादः वार्ता मार्फत समस्याको समाधान गर्न एमाले ताप्लेजुङको आह्वान




रेडियो काबेली
ताप्लेजुङ । पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विवादलाई वार्ता मार्फत समस्याको समाधान गर्न नेकपा एमाले ताप्लेजुङले सम्बद्ध सबै पक्षलाई आह्वान गरेको छ । शनिबार एक प्रस विज्ञप्ती जारी गर्दै एमाले ताप्लेजुङले उक्त आह्वान गरेको हो ।


नेकपा एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमुद्धारा हस्ताक्षरीत विज्ञप्तीमा लेखिएको छ,“ मिति २०८१ माघ १२ गते ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधिन केवलकार निर्माणको विषयमा भएको विवाद तथा त्यसपछि घटेको घटनाको विषयलाई लिएर भएको वन्द हड्तालले नागरिकको जनजीवनमा असहज परिस्थिति सिर्जना भएको छ । यो अवस्थामा स्थानीय स्तरमा उठेका सवाल र सरोकारका विषयहरुलाई समेत ध्यानमा राखेर नेपाल सरकार र आन्दोलनरत पक्ष जिम्मेवार वन्दै वार्ता, सम्वाद र सहमति मार्फत उक्त समस्याको समाधान गरी नागरिकको स्वतन्त्रतापूर्वक जीवन निर्वाह गर्न पाउने अधिकारको सुनिश्चितताको लागि र नागरिक जनजीवन सामान्य अवस्थामा फर्काउन नेकपा (एमाले) जिल्ला कमिटी ताप्लेजुङ सम्वन्धित सबै पक्षसँग हार्दिक आव्हान गर्दछ ।”


गत शनिबार पाथीभराको बलु डाँडामा आन्दोलनरत पक्ष र प्रहरी बिच झडप हुँदा प्रहरी सहित आन्दोलनकारी समेत घाईते भएका थिए । झडप पश्चात गत माघ १५ गते मंगलबार देखी विभिन्न माग राख्दै आन्लोनरत पक्षले बन्दका कार्यक्रम घोषणा गरेका छन् । सोही अनुसार आईतबार (भोली) र सोमबार पुर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्दको आह्वान गरेका छन् ।

प्रकाशित मिति : 9:36 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक