बन्दले ताप्लेजुङको जनजीवन प्रभावित



ताप्लेजुङ । बन्दले ताप्लेजुङको जनजीवन प्रभावित भएको छ । शनिबारको हाटका लागि गाउँबाट बजारसम्म तरकारी पुर्‍याउन नेपाल प्रहरीले समन्वय गरिदिएको छ । तीन पाङ्ग्रे सबारीसाधन सञ्चालनका लागि शनिबार बिहान एस्कर्टिङ गरिदिएको हो । आफूले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन नपाउँदा किसान समस्यामा परेका थिए ।

फुङलिङ नगरपालिका २, ३, ७, ८, ५ लगायतका वडाबाट टेम्पो चलाउन प्रहरी टोली शनिबार बिहान २ बजेदेखिनै परिचालित भएको जनाइएको छ । साताभरि उत्पादित कृषि उपज किसानले शनिबार लाग्ने हाटमा ल्याएर बिक्री गर्ने गरेका छन् । यी क्षेत्रमा बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो ।

यता भाकल बुझाउन भन्दै पाथीभरा पुग्नै पर्ने भनेर हिँडेका ३२ तीर्थयात्रीलाई काफ्लेपाटीसम्म पुर्‍याएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । रावलका अनुसार उनीहरूलाई पाँचथरको सिमाना काबेलीदेखि ३९ किलोमिटर दूरीमा रहेको काफ्लेपाटी पुर्‍याइएको हो । जसमा बालबालिका पनि छन् । बालबालिका च्यापेर हिँडेकालाई एस्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

बन्दको सूचना नपाएका तीर्थयात्रीले आफूहरू घरबाट निस्किएको र गन्तव्यमा पुगेर फर्किने उद्देश्यले पैदल हिँडेको प्रतिक्रिया दिएका छन् । गत माघ १२ गते ‘नो केबलकार समूह’ र प्रहरीबीच भएको झडपको विषयलाई लिएर माघ १५ गतेदेखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने गौँडाहरू बन्द छ । आफूहरूको मागप्रति बेवास्ता गरेको भन्दै आन्दोलनरत समूहले माघ २० गतेदेखि थप बन्दको घोषणा गरेका छन् । उनीहरू अरुण पूर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र तेह्रथुम जिल्ला बन्दको आव्हान गरेका छन् ।

२२ गतेसम्म पनि सम्बोधन नभए यी नौ जिल्लामा आम हडताल गर्ने जनाएका छन् । उनीहरूले प्रहरी नियन्त्रणमा रहेका तीन कार्यकर्ताको रिहाइ, केबलकार निर्माण कार्य बन्द, काफ्लेपाटीमा रहेको प्रहरी फिर्तालगायतका माग गरेका छन् ।कान्तिपुर

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार १७:५८

फक्ताङलुङको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍यायो, सयौँ परिवार प्रभावित 

ताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा

इलाममा भेटियो कालो चितुवा

ताप्लेजुङ,भदौ १७ गते । सूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन

सुनको मूल्य २ लाख ५ हजार नाघ्यो 

ताप्लेजुङ, भदौ १६ गते । सोमबार सुनको मूल्य थप बढेको

सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगायो 

ताप्लेजुङ, भदौ १६ गते । ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनाम स्थित

ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा

ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा