माघ १५ गते देखि अनिश्चितकालका लागि ताप्लेजुङ भित्रिने सबै यातायात बन्दको घोषणा, ग्लोबल आइ.एम.ई बैँक बन्द गर्नुपर्ने 



ताप्लेजुङ । पाथीभरा क्षेत्र (मुकुम्लुङ)मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले मङ्गलबार (माघ १५) गते देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । ६ वटा सङ्घर्ष समितिले आज संयुक्त विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा हो । 

मेची राजमार्ग, तमोर करिडोर, साथै तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने नाकाहरूमा यातायात बन्दको घोषणा गरिएको मुकुम्लुङ संरक्षण संयुक्त समितिका संयोजक श्री लिखिमले जानकारी दिनुभयो । केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने नियन्त्रणमा लिइएको योद्धाहरूको बिनासर्त रिहाई, झुटा मुद्दाहरू लगाउन बन्द गर्नुपर्ने विज्ञप्ति मार्फत माग गरिएको छ । 

यस्तै मुकुम्लु प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग पनि गरिएको छ । यस्तै शनिबार भएको गोली प्रहारको घटनाले आन्दोलन नयाँ चरणमा प्रवेश गरेको सङ्घर्षरत पक्षले बताएको छ । शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएको समुहमा गोली चलाइएकाले अनिश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको सङ्घर्षरत पक्षको भनाई छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, लगायतका ग्लोबल आइ.एम.ई बैँक बन्द गर्नुपर्ने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र निर्माण व्यवसायी रुद्र पौडेललाई जिल्ला प्रवेशमा  रोक लगाउने, फुङलिङ नगर प्रमुख अमिर मादेनलाई जिल्ला बाहिर निषेध गर्ने, राज्य आतङ्क, प्रहरी दमन र केबलकार निर्माण खारेजी लगायतका विषयमा कोणसभा गर्ने पनि विज्ञप्ति मार्फत जनाइएको छ ।  

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार १७:५५

ताप्लेजुङका स्थानीय तहहरूले प्राथमिकता दिन थाले अल्लोलाई

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहहरूले अल्लोलाई प्राथमिकता दिन थालेका छन्

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ

ताप्लेजुङमा तमोर नदीले बगाएर बालिका बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालिका बेपत्ता भएका

वातावरण दिवस : ताप्लेजुङमा वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइयो

रेडियो काबेली  ताप्लेजुङमा । ताप्लेजुङमा पनि ५३ औँ विश्व वातावरण

ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु 

ताप्लेजुङ । ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ