फुङलिङ नगरपालिकाद्धारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ ।
फुङलिङ नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई एक थान मोटरसाईकल हस्तान्तरण गरेको छ । नगरपालिकाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गस्ती प्रयोजनका लागि मोटरसाईकल हस्तान्तरण गरेको हो । उक्त मोटरसाईकल सिम्ले प्रहरी चौकीलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

सिम्ले प्रहरी चौकीले गस्ती गर्नु पर्ने दुरी लामो भएको तर कुनै पनि यातायातको साधन नभएको अवस्थामा नगरपालिकासँग माग गरिए अुनसार नगरपालिकाले मोटरसाईकल उपलब्ध गराएको प्रहरी नायव उपरीक्षक रावलको भनाई छ । मंगलबार नगर प्रमुख अमिर मादेनले प्रहरी प्रमुख रावललाई हस्तान्तरण गर्नुभए सँगै उक्त मोटरसाईकल सिम्ले प्रहरी चौकीलाई हस्तान्तरण गरिएको छ । मोटरसाईकलले प्रहरीलाई गस्ती गर्न सहज हुने नगरपालिकाको विश्वास रहेको छ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार २१:३४

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी

ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले

ताप्लेजुङमा डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान सुरु

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा पनि डेङ्गुको सङ्क्रमण देखिन थालेपछि

आर्थिक अभावमा तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा