फुङलिङ नगरपालिकाद्धारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ ।
फुङलिङ नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई एक थान मोटरसाईकल हस्तान्तरण गरेको छ । नगरपालिकाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गस्ती प्रयोजनका लागि मोटरसाईकल हस्तान्तरण गरेको हो । उक्त मोटरसाईकल सिम्ले प्रहरी चौकीलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

सिम्ले प्रहरी चौकीले गस्ती गर्नु पर्ने दुरी लामो भएको तर कुनै पनि यातायातको साधन नभएको अवस्थामा नगरपालिकासँग माग गरिए अुनसार नगरपालिकाले मोटरसाईकल उपलब्ध गराएको प्रहरी नायव उपरीक्षक रावलको भनाई छ । मंगलबार नगर प्रमुख अमिर मादेनले प्रहरी प्रमुख रावललाई हस्तान्तरण गर्नुभए सँगै उक्त मोटरसाईकल सिम्ले प्रहरी चौकीलाई हस्तान्तरण गरिएको छ । मोटरसाईकलले प्रहरीलाई गस्ती गर्न सहज हुने नगरपालिकाको विश्वास रहेको छ ।

प्रकाशित मिति : 9:34 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर