पाथीभरा क्षेत्र विकास समितीद्धारा जिल्ला प्रहरी कार्यालयलाई ब्रेथलाईजर हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ ।
पाथीभरा क्षेत्र विकास समितीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई २ थान ब्रेथलाईजर हस्तान्तरण गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत क्षेत्र विकासले ५ लाख मुल्य बराबरको ब्रेथलाईजर जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । सवारी दुर्घटना न्युनिकरण साथै पर्यटकको सुरक्षाको निम्ती ब्रेथलाईजर हस्तान्तरण गरिएको कार्यकारी निर्देशक हाङबाङको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार उक्त ब्रेथलाईजर एउटा जिल्लाको ट्राफिक प्रहरीलाई हस्तान्तरण गरि सकिएको छ भने एउटा काफ्लेपाटीमा रहेको पर्यटक प्रहरीलाई हस्तान्तरण गरिएको छ । पर्यटक प्रहरीलाई ब्रेथलाईजर हस्तान्तरण पछि सवारी चालक सँगै दर्शनार्थी सहयोगी (भरिया)ले समेत मादक पदार्थ र लागुपदार्थ सेवन गरेको छ छैन जाँच गरिनेछ । यदी गरेको पाईएमा सवारी सञ्चालन गर्न रोक लगाईनेछ भने भरियालाई समेत दर्शनाथी बोक्न रोक लगाईने प्रहरी प्रमुख रावलले बताउनुभयो ।

यस अघि नै पाथीभरा क्षेत्रलाई मदिरा निषेधीत क्षेत्र घोषणा गरिएको छ । ब्रेथलाईजर वितरणसँगै जिल्लामा हुने दुर्घटनामा कमी आउने विश्वास रहेको कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार २०:२१

फोनिज ताप्लेजुङको अध्यक्षमा दिलकुमार फेम्बू 

 ताप्लेजुङ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङको अध्यक्षमा

प्याब्सन ताप्लेजुङको अध्यक्षमा गणेश सिग्देल

ताप्लेजुङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ताप्लेजुङको

फुङलिङ नगरपालिकाद्धारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई एक थान

पाथीभरा क्षेत्र विकास समितीद्धारा जिल्ला प्रहरी कार्यालयलाई ब्रेथलाईजर हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितीले जिल्ला प्रहरी कार्यालय

पत्रकार महासङ्घ ताप्लेजुङको भवन उद्‌घाटन, पुस्तक विमोचन सँगै पद हस्तान्तरण 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङको भवन