पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम निर्वाचित



ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम (राई) निर्वाचित हुनुभएको छ । आज सम्पन्न सञ्चालक समितिको निर्वाचनमा इजमले निकटतम प्रतिद्वन्द्वी कुमार मादेनलाई ६ मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको हो ।

निर्वाचन समिति संयोजक राम कुमार थापाका अनुसार इजमले १८ मत प्राप्त गर्दा मादेनले १२ मत प्राप्त गर्नुभएको छ । इजम  सोही क्याम्पसको तत्कालीन  सदस्य समेत हुनुहुन्थ्यो । 

 यस्तै शिक्षा प्रेमी महिला सदस्यमा गीता कुमारी सेन्दाङ र मैया न्यौपाने बिजयी हुनुभएको छ । सेन्दाङले २७ र न्यौपानेले १७ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । अर्का प्रतिस्पर्धी मातृका देवी प्रसाईँले भने १० मत प्राप्त गर्नुभयो । सदस्यका अर्की उम्मेद्वार अन्जना कडरियाले भने अन्तिम समयमा निर्वाचित सेन्दाङलाई समर्थन गर्नुभएको थियो । 

यस्तै शिक्षा प्रेमी बुद्धिजीवी खस आर्य सदस्यमा टेकनाथ अधिकारी निर्वाचित हुनुभएको छ । अर्का उम्मेद्वार भोलानाथ पौडेललाई ९ मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित हुनुभएको हो । शिक्षा प्रेमी समाजसेवी बुद्धिजीवी जनजाति मध्ये सदस्यमा पृथ्वी प्रसाद मादेन बिजयी हुनुभएको छ । 

मादेनले १७ मत प्राप्त गर्नुभयो भने यहाँका प्रतिद्वन्द्वी हिमकला गुरुङले ९ तथा रामचन्द्र पोमुले ३ मत प्राप्त गर्नुभएको हो । यस्तै समाजसेवी बुद्धिजीवी दलित सदस्यमा सन्तोष कुमार सार्की भने निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । 

 चन्दादाता अक्षयकोषदातामा भने कुनै उम्मेद्वारी नपरेको समितिले जनाएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्ष रहने छ । 
 

प्रकाशित मिति : 8:41 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी