पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम निर्वाचित



ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम (राई) निर्वाचित हुनुभएको छ । आज सम्पन्न सञ्चालक समितिको निर्वाचनमा इजमले निकटतम प्रतिद्वन्द्वी कुमार मादेनलाई ६ मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको हो ।

निर्वाचन समिति संयोजक राम कुमार थापाका अनुसार इजमले १८ मत प्राप्त गर्दा मादेनले १२ मत प्राप्त गर्नुभएको छ । इजम  सोही क्याम्पसको तत्कालीन  सदस्य समेत हुनुहुन्थ्यो । 

 यस्तै शिक्षा प्रेमी महिला सदस्यमा गीता कुमारी सेन्दाङ र मैया न्यौपाने बिजयी हुनुभएको छ । सेन्दाङले २७ र न्यौपानेले १७ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । अर्का प्रतिस्पर्धी मातृका देवी प्रसाईँले भने १० मत प्राप्त गर्नुभयो । सदस्यका अर्की उम्मेद्वार अन्जना कडरियाले भने अन्तिम समयमा निर्वाचित सेन्दाङलाई समर्थन गर्नुभएको थियो । 

यस्तै शिक्षा प्रेमी बुद्धिजीवी खस आर्य सदस्यमा टेकनाथ अधिकारी निर्वाचित हुनुभएको छ । अर्का उम्मेद्वार भोलानाथ पौडेललाई ९ मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित हुनुभएको हो । शिक्षा प्रेमी समाजसेवी बुद्धिजीवी जनजाति मध्ये सदस्यमा पृथ्वी प्रसाद मादेन बिजयी हुनुभएको छ । 

मादेनले १७ मत प्राप्त गर्नुभयो भने यहाँका प्रतिद्वन्द्वी हिमकला गुरुङले ९ तथा रामचन्द्र पोमुले ३ मत प्राप्त गर्नुभएको हो । यस्तै समाजसेवी बुद्धिजीवी दलित सदस्यमा सन्तोष कुमार सार्की भने निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । 

 चन्दादाता अक्षयकोषदातामा भने कुनै उम्मेद्वारी नपरेको समितिले जनाएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्ष रहने छ । 
 

प्रकाशित मिति : २० पुष २०८१, शनिबार २०:४१

पत्रकार महासङ्घ ताप्लेजुङको भवन उद्‌घाटन, पुस्तक विमोचन सँगै पद हस्तान्तरण 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङको भवन

आइतबारदेखि मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ भित्र अनिश्चितकालीन यातायात बन्दको घोषणा

ताप्लेजुङ।  मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समिति सहित मुक्कुम्लुङ संरक्षणमा संलग्न सङ्घसंस्थाहरूले

पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम निर्वाचित

ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम (राई)

कोशी प्रदेश : उद्योग, कृषि तथा सहकारी मन्त्री हाङ्गामको सय दिने उपलब्धि सार्वजनिक

ताप्लेजुङ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं

शेर्पा सञ्चार समूह नेपाल ताप्लेजुङको अध्यक्षमा तेन्जिङ शेर्पा 

ताप्लेजुङ । शेर्पा सञ्चार समूह नेपाल ताप्लेजुङको अध्यक्षमा तेन्जिङ शेर्पा